तनहूँसुर जाने बाटो पिच हुदै

  • ख-
  • ख+

तनहूँ । मंसिर १६ । तनहूँ जिल्लाको ऐतिहासिक एवं पुरातात्विक महत्व बोकेको व्यास नगरपालिका वडा नं. ११को तनहूँसुर जाने बाटोको खड्गकाली मोटर मार्ग रातमाटा चिसापानी खण्डबाटोका लागि संघिय शहरी विकास मन्त्रालयबाट विनियोजित रकम रु ५० लाखको कालो पत्रे तथा नाला निर्माण गर्ने कार्य शुरु भएको छ । उक्त रकमबाट उक्त मोटरमार्गको ३८५ मीटर बाटो पिच हुने र पक्की नाला बनाईने उक्त मोटर मार्ग समितिका अध्यक्ष संजय श्रेष्ठले बताउनुभयो । संघिय सांसद मानिय कृष्णकुमार श्रेष्ठ किसानको पहलमा उक्त रकम परेको र उक्त रकमबाट बन्ने बाटोले ऐतिहासिक स्थानमा पुग्न थप सहज हुने पनि वहाँले बताउनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्