तनहूँ । तनहूँको देवघाट गाउँपालिकाले करारका कर्मचारीहरुलाई साउन १ गतेबाट कार्यालयमा हाजिर नहुन सूचना जारी गरेको छ । उक्त पालिकाका प्रमुख प्रशासकिय अधिकृत रमेश सुवेदीले एक पत्र जारी गर्दै ”यस गाउँपालिका वा यस अन्तर्गतका कार्यालयहरुमा करार सेवामा कार्यरत कर्मचारीहरुसगको करार सम्झौता २०७९ साल असार मसान्तसम्म भएकोले कार्यापालिकाको असार ३१ को बैठकको निर्णय समेतको आधारमा आगामी आर्थिक बर्षको लागि करार सम्झौता सम्बन्धि निर्याय नहुँदासम्म २०७९ साल साउन १ गतेदेखि गाउँपालिकाको कार्यालयमा हाजिर नगर्नु हुनको लागि जानकारी गराईन्छ” भनिएको छ ।
संघियतासगै स्थानिय निकायको निर्वाचन पश्चात देशभरकै पालिका आफ्ना कार्यकर्ताहरुको भर्तिकेन्द्र बनाउदै करारमा कर्मचारी राखेर पालिकालाई आथिर्एक भार बढाएको महालेखा परिक्षकको कार्यालयले प्रश्न उठाउदै आएकोमा करार कर्मचारीहरुको करार सम्झौता नविकरण नगर्ने देवघाट गाउँपालिका तनहूँमा पहिलो पालिका बनेको छ ।