मध्यनेपाल ३ टक्सारकी ३२ बर्षिय अप्सरा तनहूँको भानुमा मृत फेला

  • ख-
  • ख+

तनहूँ । मध्यनेपाल नगरपालिका वडा नं. ३ टक्सारकी अप्सरा नेपाली तनहूँको भानु नगरपालिका वडा नं.९ मा मृत फेला परेकि छिन् । १८ गते करिब ८ बजेको समयमा तनहूँको भानु नगरपालिका वडा नं.९ रानिपानीस्थित पाखो बारीमा नेपालीको शव फेला परेको हो । लम्जुङ जिल्ला मध्यनेपाल नगरपालिका वडा नं. ३ टक्सार घर भएकी वर्ष ३२ की नेपाली शौच गर्न जान्छु भनी गएकोमा लामो समयसम्म नआएपछि सोम बहादुर नेपाली गई हेर्दा बेहोस भई लडेको देखी उठाई माथी ल्याई हेर्दा निजको मृत्यु भईसकेको अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय तनहूँले जानकारी दिएको छ । साथै उक्त घटना सम्बन्धमा थप अनुसन्धान पनि भईरहेको जिल्ला प्रहरी कार्यालय तनहूँले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्