‘मार्सी’ बियर ल्याउँदै मेडिकल व्यवसायी दुर्गा प्रसाईं

  • ख-
  • ख+

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईँले मार्सी बियर ल्याउने भएका छन् ।

झापाका प्रसाईँले ४ अर्ब रुपैयाँमा भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्बमा किनेका छन्।

नेकपा अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई भक्तपुरको ठिमीस्थित घरमै मार्सी चामलको भात खुवाएपछि उनलाई धेरैले ‘मार्सी’ भनेर सम्बोधन गरेका थिए ।

त्यसपछि मार्सी चामलको व्यापक चर्चा भएको थियो भने यसको विक्रीवितरणले पनि बजार पाएको थियो ।

प्रसाईँले मार्सी चामल मिसाएर बियर उत्पदनका लागि रुपन्देहीको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री किनेका छन् । उक्त कम्पनीले अहिलेसम्म टेन्सबर्ग बियर बजारमा ल्याएको छ । अब मार्सी ब्राण्डमा थप दुई उत्पादन थपिने भएको छ ।

मार्सी प्रिमियम र मार्सी स्ट्रोङ बियर अब छिट्टै बजारमा आउने भएको छ । क्यानमा पनि मार्सी बियर उपलब्ध हुने प्रसाईँले बताएका छन् ।

प्रसाईँले ७० प्रतिशत जौँ र ३० प्रतिशत मार्सी चामल मिसाएर बियर उत्पादन हुने जानकारी दिए । मार्सी बियरको ट्रेडमार्क दर्ता पनि दर्ता भइसकेको छ ।

७० प्रतिशत जौं र ३० प्रतिशत चामल मिसाएर बियर उत्पादन हुने गरेको छ। जौं डेनमार्कबाट आयात हुँदै आएको छ भने चामल नेपालकै प्रयोग हुने गरेको छ।

प्रसाईंले भने मार्सी चामललाई प्रयोग गर्ने बताएका छन्। ‘मेरो गराएको मार्सी भान्सा राजनीतिक वृत्तमा जति चर्चित भयो, बियर पनि बजारमा त्यतिकै चर्चित बनाउँछु, त्यो पनि मार्सी चामल नै मिसाएर,’ प्रसाईंले भने।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्