मापसे गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीन कलाकार पक्राउ

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । मादक पदार्थ सेवन गरी होहल्ला गरेको आरोपमा गायक राजेशपायल राईसहित तीनजना कलाकार पक्राउ परेका छन् ।

गएराति काठमाडौँको थापागाउँबाट उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

उनीहरूलाई अहिले प्रहरी वृत्त परिसर बानेश्वरमा राखिएको छ । मदिरा पिएर होहल्ला गरेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए । होहल्ला नगर्न आग्रह गर्दा पनि अटेर गरेपछि उनीहरूलाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ ।
साभारः रातोपाटी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्