अस्पताल संचालन गर्ने लक्ष्यका साथ दमौलीमा सहकारी संचालन

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिकाक्षेत्रका उद्यमशिल युवाहरुको समुहले तनहूँको दमौलीमा संचालन गर्न लागेको उद्यमशिल बचत तथा ऋण सहकारी संस्था लि.ले आज दमौली एक पत्रकार सम्मेलनको आयोजना गरेको छ । उक्त अवसरमा सहरकारी संस्था अब संचालनको प्रक्रियामा गएको आगामी फागुन ४ गतेबाट बिधिवत् रुपमा संचालनमा आउने बताईएको थियो ।

” युवाहरु मिलेर केहि गरौं भन्ने उद्धेश्यका साथ २ बर्षदेखि विचार विर्मश गरि स्थापना गरिएको यस सहकारी संस्थाले अस्पताल संचालन गर्ने लक्ष्य लिएको, १ लाख रुपैया लगानी गर्ने को १ हजार जना सेयर सदस्य, ५ हजार ५ सय लगानी गर्ने ५ लाख शेयर सदस्य बनाउने लक्ष्य रहेको ” उक्त पत्रकार सम्मेलनमा उघमशिल बचत तथा ऋण सहकारी संस्था लि.का संयोजक इन्त्रलाल (विकल्प) श्रेष्ठले जानकारी दिनुभएको थियो ।

” ७ प्रकारका खाता रहेको यस सहकारीमा मुद्वतिमा १२.५० प्रतिशत ब्याज दिने, पैसा राख्न र झिक्न साथ sms व्याङ्किगं सिष्टम, २५ लाखसम्म ऋण झिक्दा धितो राख्नुपर्ने र ३ लाखसम्म विना घितो ऋण पाईने, सेयर सदस्यहरुलाई sms एस् सुविधा, कृषि कर्जामा १४ व्याजमा ऋण दिने उद्धेश्य रहेको ” संस्थाका सचिव पुर्ण वि. क. ले बताउनुभएको थियो ।
व्यास नगरपालिका वडा नं. २ मा रहेको पत्रकार महासंघको भवनमा भाडामा संचालित उक्त सहकारीले ” सहकारीको काम मात्र नगरेर समाज सुधारको पनि काम गर्ने ” संस्थाका बोर्ड सदस्य राजेन मियाले बताउनुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्