वैदेशिक रोजगारीमा जानेलाई बिना धितो ऋण

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौँ । वैदेशिक रोजगारीमा जाने बिना धितो ऋण प्रवाह गर्नेगरी राष्ट्र बैंकले बिना धितो ऋण उपलब्ध गराउन आवश्यक व्यवस्था गरेको छ ।

शुक्रबार सार्वजनिक चालु आर्थिक वर्षको मौद्रिक नीतिमा वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति लिएका व्यक्तिलाई बैंक खातामा विप्रेषण पठाउने सुनिश्चितताका आधारमा बिना धितो ऋण उपलब्ध गराउने व्यवस्था गरिने उल्लेख गरिएको हो ।

सरकारको आर्थिक् वर्ष २०८१/८२ को बजेट वक्तव्यमा उल्लेख भएअनुसार राष्ट्र बैंकले सो व्यवस्था गरेको गभर्नर महाप्रसाद अधिकारीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?