ग्रीन डेभलपमेन्ट बैंक लिमिटेड आईतवारबाट बाह्रै वर्षमा प्रवेश गरेको छ । २०७० सालमा खुलेको बैंकले दमौली शाखामा आईतवार व्यास नगर प्रमुख बैकुण्ठ न्यौपानेको हातबाट केक काटेर स्थापना दिवस मनाएको छ । कार्यक्रममा नगर प्रमुख न्यौपानेले स्थानीय स्तरमा बैंकले गरेको सह्यनिय कार्य गरेको बताउनुभएको थियो भने आगामी दिनमा बैंक र स्थानीय सरकार बिच सहकार्य गरेर अगाडि बढ्नुपर्ने बताउनु भएको थियो। मेयर न्यौपानेका कुराको प्रशंसा गर्दै बैंकका पुर्व सञ्चालक समितिका सदस्य श्यामप्रसाद श्रेष्ठले बैंकले आगामी दिनहरुमा स्थानिय स्तरमा सहकार्य गर्दै अगाडि बढ्ने बताउनुभयो । कार्यक्रममा दमौली शाखाका शाखा प्रबन्धक सुदिप न्यौपाने र शाखाका सम्पूर्ण कर्मचारीहरु तथा बैंकका ग्राहकहरुको उपस्थिति रहेको थियो । वार्षिकोत्सबको अवसरमा बैंकले ग्रीन समृद्धि बचत खाता सञ्चालनमा ल्याएको छ । यो खाता खोल्ने ग्राहकले लकरमा ७५५ छुट पाउने,उच्च व्याजदर, मासिक व्याज भुत्तानी पाउने बैंकका सहायक महाप्रबन्धक संयुुक्त बहादुर ढाक्वाले जानकारि दिनु भयो । बैकले वार्षिकोत्सब उपलक्ष्यमा पोखराको न्युरोडस्थिति बैंकको प्रधान कार्यालय परिसरमा रक्तदान कार्यक्रम गरेको थियो ।
उत्तः बैंकले विभिन्न किसिमका आधुनिक बैंकिङ सुविधा प्रदान गर्नुका साथै स्थानीय स्तरमा छरिएको पुँजिलाई एकिकृत गर्नुका साथै उत्पादनशिल क्षेत्रीलाई प्राथमिकतामा राखि विभिन्न कर्जा उपलब्ध गराउँदै आएको प्रमुख कार्यकारी अधिकृत हरिबहादुर बुढाथोकीले जानकारी दिनु भयो । बैंकले उद्योग, व्यापार,पशुपालन, कृषि, पर्यटन जस्ता उत्पादनशील क्षेत्रलाई प्राथमिकतामा राखि कर्जा प्रवाह गर्दै आएको नायव प्रमुख कार्यकारी अधिकृत प्रकाश गुरुङले जानकारी दिनु भयो। २०७० भदौ ०९ गते ख श्रेणीको विकास बैंकका रुपमा बागलुङमा केन्द्रीय कार्यालय स्थापना गरेर सञ्चालनमा आएको बैंकले १५ शाखाबाट सेवा दिइरहेको र हाल बैंकको केन्द्रीय कार्यालय पोखरा महानगरपालिका ०८ न्युरोडमा रहेको जानकारी बैंकका वित्त विभाग प्रमुख दुर्गाप्रसाद श्रेष्ठले जानकारी दिनुभयो ।