पोखरामाथि रोमाञ्चक जितसँगै सुदूरपश्चिम काठमाण्डौमा जारी एनपीएलको प्लेअफमा

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । रोमाञ्चक प्रतिस्पर्धामा पोखरा एभेन्जर्सलाई ५ रनले हराउँदै सुदूरपश्चिम रोयल्ट नेपाल प्रिमियर लिगको प्लेअफमा प्रवेश गरेको छ ।

सुदूरपश्चिमको जितमा न्यूजिल्यान्डका बलर स्कट कुगेलीन नायक बने । उनले पाँच विकेट लिएका छन् ।

आइतबार भएको खेलमा पोखरा एभेन्जर्सलाई ५ रनले पराजित गर्दै सुदूरपश्चिम प्लेअफमा पुगेको हो । सुदूरपश्चिमले दिएको एक सय ५४ रनको लक्ष्य पछ्याएको पोखराले १४८ रनमा समेटियो ।

पोखराका आन्द्रेस गौसले सर्वाधिक ३६ रन जोडे । रायमन रिफरले ३३ र किरण थगुन्नाले ३२ रन बनाए । बलिङमा स्कट कुगेलेइन एक्लैले ५ विकेट लिए । हर्मित सिंहले ३ र सैब जफरले एक विकेट लिए ।

त्यसअघि टीयु क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १५३ रन बनाएको थियो । सुदूरपश्चिमका आरिफ शेखले सर्वाधिक ४२ रन जोडे । बलिङमा पोखराका कप्तान कुशल भुर्तेलले सर्वाधिक २ विकेट लिए ।

एक खेलअगावै प्लेफमा पुगेको सुदूरपश्चिमले सोमबार कर्णाली याक्ससँग खेल्नेछ । पोखराले भने २ खेलमा जित र ५ खेलमा हार बेहोर्दै प्रतियोगिता सकाएको छ ।

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?