सहसचिवमा १८ र उपसचिवमा ५७ जना बढुवा सिफारिस

सर्वज्योति
  • ख-
  • ख+

काठमाडौं । प्रशासन सेवातर्फका १८ जना सहसचिवमा र ५७ जना उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् । कार्यक्षमताको मूल्यांकनबाट सहसचिवमा बढुवा सिफारिस भएकाहरुको नामावली आज सार्वजनिक भएको हो ।

बढुवा समितिको सचिवालयले सार्वजनिक गरेको सिफारिस सूची अनुसार सहसचिवमा प्रेम प्रसाद लुइटेल पहिलो नम्बरमा बढुवा सिफारिस भएका छन् । त्यसपछि क्रमशः रामदत्त पाण्डेय, लक्ष्मण ढकाल, बिनिता भट्टराई, दिल कुमार तामाङ, लक्ष्मी पाण्डेय (गौतम), मनिता श्रेष्ठ, लोक बहादुर सुनार र जगदिश्वर उपाध्याय सिफारिसमा परेका छन् ।

यसैगरी नारद गौतम, निर्मल ढकाल, वीरेन्द्र कुमार मिश्र, राजेन्द्र कुमार हमाल, इन्द्र प्रसाद बस्याल, शिव प्रसाद चौधरी, दिव्यराज पोखरेल, पूर्णमान श्रेष्ठ र कृष्णबहादुर शाहीको नाम बढुवाको सिफारिस सूचीमा छ ।

यसैगरी प्रशासन सेवाका ३९, लेखाका ११ र राजश्वका ७ गरी जम्मा ५७ जना अधिकृत उपसचिवमा बढुवाका लागि सिफारिस भएका छन् ।

अब यो बढुवा सिफारिसमा चित्त नबुझाकाहरुले सूचना प्रकाशित भएको आजको मितिदेखि ३५ दिनभित्र लोक सेवा आयोगको कार्यालयमा उजुरी दिन सक्ने छन् । त्यसरी परेको उजुरीमा उजुरी गर्ने म्याद नाघेको मितिले ६० दिनभित्र टुंगो लगाइसक्नु पर्ने निजामती सेवा ऐन २०४९ को दफा २४ (च) मा उल्लेख छ ।

बढुवा सिफारिस सूचना

 

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?