अधिकृत विक्रेता संघ तनहुँको अध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । अधिकृत विक्रेता संघ तनहुँको अध्यक्षमा दिनेश श्रेष्ठ निर्वाचित भएका छन् । संघको शनिबार भएको ९ औ साधारण सभा तथा ५ औधिवेशनबाट श्रेष्ठ अध्यक्षामा चयन भएका हुन् ।

समितिको बरिष्ठ उपाध्यक्षमा लाल प्रसाद प्रधान, उपाध्यक्षमा केदार अधिकारी, महासचिवमा राजाराम शमौ सचिवमा निराजन लामिछाने कोषाध्यक्षमा राजेन्द्र श्रेष्ठ रहेका छन् ।

समितिको सदस्यमा रविन्द्र शाही, मोती श्रेष्ठ,शसिधर आर्चाय,सुर्य सुवेदी, मान बहादुर श्रेष्ठ, खगेन्द्र्र सुवेदी र शंकर ज्ञावली रहेको निर्वाचन समितिका सदस्य मनोज अधिकारी बताए । अधिवेशन संघका अध्यक्ष हरी बहादुर खड्काको अध्यक्षतामा सम्पन्न भएको थियो ।

कार्यक्रममा नेपाल वितरक महासंघका केन्द्रिय सदस्य सुजन श्रेष्ठले सम्बोधन गरेका थिए । कार्यक्रममा अधिकृत विक्रेता संघमा आवद्व ब्यवसायीहरुको सहभागिता रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?