दमौलीको व्यास बचत तथा ऋण सहकारीको प्रगति सन्तोषजनक रहेको जिकिर

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । तनहुँको दमौलीमा रहेको  व्यास बचत तथा ऋण सहकारी लि. को प्रगति विवरण सन्तोषजनक रहेको  सहकारीका अध्यक्ष प्रदिपराज अधिकारीले बताएका छन् । सहकारीले कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष अधिकारीले बताएका हुन् । उक्त अवसरमा अधिकारीले देशभरका सहकारीमा रकम हिनामिनाको खबर बाहिरिरहदा सेयर सदस्य तथा बचत कर्ताहरुलाई जानकारी दिन पत्रकार सम्मेलन आयोजना गरिएको अध्यक्ष अधिकारीले बताए । संस्थामा खराब कर्जा भएपनि संस्थालाई घाटा पर्ने र उठाउनै नसकिने खराब नभएको र अघिल्ला बर्षहरुमा भन्दा यस बर्ष ऋण असुली राम्रो भएको पनि उनले जानकारी दिएका छन् । संस्थालाई कसरी राम्रो बनाउने भनेर विभिन्न कार्यक्तमहरु लागु गरेको कारण पनि यस सहकारीका सदस्यहरु ढुक्क हुने अवस्था रहेको अध्यक्ष अधिकारीले बताए । त्यसैगरि सरकारले पेश गर्न लागेको सहकारी अध्यादेश सहकारी मैत्री नभएकोले आफुहरुले त्यस्को विरोध गरेको पनि अध्यक्ष अधिकारीले बताएका थिए ।

उक्त सहकारी संस्थामा हाल २२७८ जना शेयर सदस्य रहेको तथा ६ करोड ११ लाख ७१ हजार शेयर पुँजी रहेको र संस्थाबाट हालसम्म १५ करोड भन्दा बढि बचत संकलन र १८ करोड ५३ लाख ऋण लगानी भएको अध्यक्ष अधिकारीले जानकारी दिएका थिए । व्यास वचत तथा ऋण सहकारी संस्थाले २५ वटा विभिन्न नीति र कार्यविधि प्रस्तुत गर्दै सहकारीमा सुशासन कायम गर्न उक्त नीति र कार्यविधि तयार गरि सोही अनुसार सहकारी संस्था सन्चालन गरिएको सहकारीका अध्यक्ष प्रदिपराज अधिकारीले बताएका थिए ।
उक्त पत्रकार सम्मेलनमा व्यास सहकारीका सचिव त्रिभुवन श्रेष्ठ र नेपाल पत्रकार महासंघ तनहुँका अध्यक्ष डिपि अधिकारीले पनि भनाई राखेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?