मौलिक तथा अर्गानिक खानेकुराको स्वादका पारखीहरुको लागि मुसेखोलामा खुल्यो ”द मौलिक रेष्टुरेष्ट”

सर्वज्योति
  • ख-
  • ख+

तनहुँ । ग्राहकवर्गको स्वाथ्य र टेष्टलाई यान दिदै तनहुँ दमौली नजिकै मुसेखोलामा ”द मौलिक रेष्टुरेण्ट” खुलेको छ । पृथ्वी राजमार्गमा यात्रा गर्ने यात्रु लगायत स्वाद र शुद्ध खाना खाजाका पारखीहरुलाई अर्गानिक र स्थानिय उत्पादनहरु ख्वाउनको लागि खोलिएको द मौलिकको आज व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले एक कार्यक्रमका बिच उद्धघाटन गरेका छन् । उक्त रेष्टुरेण्टको उद्धघाटन गर्दै न्यौपानेले यस्ता कार्यक्रमहरुमा आफु आउन नचाहे पनि युवाहरु पलायन भईरहेको अवस्थामा यसैक्षेत्रका युवाहरुले नाम मात्र मौलिक होईन खाना खाजा पनि मौलिक अर्थात चुल्होमा पकाएर ख्वाउने, प्राचिन गाउँको झझल्को दिने भवनले गर्दा पनि युवाहरुको प्रोत्साहनको लागि आफु उपस्थित भएको बताएका थिए । साथै अति नै मौलिक वातावरण भएको द मौलिकमा तनहुँ जिल्लाका स्थानिय खानेकुराका साथै विभिन्न् जातजातिका मौलिक नाँचगानलाई पनि प्राथमिकता दिएर समावेश गराउन पनि द मौलीकको टिम लाग्नुपर्ने बताएका थिए । कार्यक्रममा व्यास १ का अध्यक्ष रमेशचन्द्र हड्खलेले गुणस्तरमा ध्यान दिएर सेवा दिन आग्रह गरेका थिए । कार्यक्रममा उक्त द मौलिकका संचालक सुरेश थापाले आफुहरुले व्यवसायभन्दा पनि मौलिक खानेकुराको स्वाद चखाउनको लागि द मौलिक संचालन गरेको बताएका थिए । उक्त अवसरमा उन्ले आफुहरुको द मौलिकमा कोदो, ढिडोका परिकारदेखि अर्गानिक लोकल खानेकुरा दाउराले चुल्होमा पकाएर खुवाईने बताएका थिए ।
कार्यक्रममा व्यासका नगर प्रमुख न्यौपाने, वडा नं. १ का अध्यक्ष रमेशचन्द्र हड्खले, व्यास १० का वडा सदस्य ईश्वर पौडेल लगायतका महानुभावहरुको उपस्थिति रहेको थियो ।
पृथ्वी राजमार्ग अन्तर्गत डुम्रे बजारबाट करिब १३ किलोमिटर पोखरातर्फ र दमौली बजारबाट करिब ४ किलोमिटर काठमाण्डौ तर्फ मुसेखोला भन्ने स्थानमा  संचालन गरिएको द मौलिक ग्राहकको सन्तुष्टिलाई मध्यनजर गर्दै स्वाथ्यर्वक खाजा खाना ख्वाउने गन्तव्य बनाउने लक्ष्य लिएको अर्का संचालक कृष्ण अकिारीले बताएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

छुटाउनुभयो कि ?