
तनहूँ । तनहूँ जिल्ला व्यास नगरपालिका वार्ड नं ९ माँझफाट महोरियटार निवासी सरन भुजेल सहयोगको खाँचो रहेको छ । माहेन्द्री माध्यमिक विद्यालयमा अध्ययनरत रहेको बेला स्कुलका छतमा जाँदा करेन्ट लागेर दुवै हात गुमाएपछि पछि उहाँले अध्ययनलाई निरन्तरता दिनुभएको र अहिले पनि लेख्न र कम्प्युटर चलाउन पनि सक्नुहुन्छ । दुवै हात नभएको कारणले उहाँलाई जागिर पाउन कठिन भएको छ । तपाई हाम्रो सानो सहयोगले उहाँ र उहाँको परिवारको भविष्य उज्जवल बन्न सहयोग पुग्नेछ । सबै मिलेर सहयोग गरौ । (बसुन्धरा घर्तिको फेसबुकबाट)