कांग्रेस र कम्युनिष्टले कुन मुखले भोट माग्ने भन्ने दिन आउने नै थिएनः बिष्णु पराजुली युवा व्यवसायी

  • ख-
  • ख+

कोरोना महामारीले संसारलाई गाँजिरहेको बेला पछिल्लो राजनितिक घटनाक्रमले नेपालमा अन्योलता छाईरहेको छ । अन्योलताका बिच पनि सबैले आ आफ्नो कर्म गरिरहेका छन् । कोरोनाको प्रभावको कारणले कुनै पनि क्षेत्रमा सन्तोषजनक कामहरु भईरहेका छैनन् । यसै सेरोफेरो बारेमा तनहूँका एकजना युवा व्यवसायी बिष्णु पराजुलीसग गरिएको कुराकानीको संक्षिप्तमा :
प्रश्नः कति भयो तपाई व्यापारिक क्षेत्रमा लाग्नुभएको ?
उत्तरः म व्यवसायिक हिसावमा लागेको १८, २० बर्ष जति भयो ।
प्रश्नः तपाई व्यापारमा लाग्दै गरेको अवस्थामा त प्रजातन्त्र आएको थियो त्यो बेला कस्तो थियो व्यापारी र व्यापारको अवस्था ?
उत्तरः युवा अवस्थामा भएको कारणले पनि पहिलाको पंचायती व्यवस्था र प्रजातन्त्रको सन्तुलनको कुरा भोग्न पाएनौ, नयाँ व्यवस्था लागु भईसकेपछि व्यावसायलाई हेर्ने दृष्टिकोण पनि कस्तो छ भने एउटा बिचको मापदण्ड रहेर राज्यले अंगिकार गरेको क्षेत्राधिकार रहेको विधिको कारण पहिलाजस्तो खुल्ला भन्दा पनि खुम्चिएर व्यवसाय गर्नुपर्ने अवस्था छ मेरो भनाई मतलब के भने करको दायराका बिषय, घर बहालका करका बिषय, व्यवसायिक समस्याका बिषय, ज्यालादेखि सबैकुरामा समस्या बढ्दो छ पहिलाको भन्दा व्यवसायीलाई अलि गारो छ ।
प्रश्नः तपाई हार्डवेयर व्यवसायी पनि भएको कारण कस्तो छ ति व्यवसायहरु ?
उत्तरः हार्डवेयर सम्बन्धि व्यवसाय त बिकास निर्माण अन्र्तगत पर्ने नै भयो र यतिबेला राज्य नै बिकास निर्माणको चरणमा गएको कारण माग बढ्दो छ तर पनि कोरोना महामारीको बिषम परिस्थितिले गर्दा हार्डवेयरको व्यवसाय नितान्त कम भएको छ ।
प्रश्नः व्यवसाय गर्ने अवस्था त्यति राम्रो छैन, लगानी गरेर लगानी उठाउन सक्ने अवस्था नै छैन भनेको सुनिन्छ नि कस्तो छ अवस्था ?
उत्तरः व्यवसायिक हकहितका लागि राज्यले एउटा नीति त अवलम्वन गरेको छ तर कस्तो रहेछ भने जतिसुकै परिवर्तन गरेपनि ढाँचाहरु प्रिवर्तन गर्न गारै भएको कुराहरु सबै साथीहरुले महसुस गर्नुभएको छ , संघियताको कारण पनि विकेन्द्रिकरण भएको छ बजार । गाँउपालिका, नगरपालिका भएका छन् त्यसैले राज्यले नयाँखालको नीति अबलम्वन गर्नुपर्छ जस्तो लाग्छ मलाई ।
प्रश्नः तपाई त विभिन्न संघसंस्थाहरुमा आवद्ध हुनुहुन्छ ति संघसंस्थाहरु व्यवसायी मैत्री उपभोक्ता मैत्री छन् ?
उत्तरः यी सबै संघसंस्था हुनु त नेपालमा आवश्यकता नै छैन जस्तो लाग्छ मलाई , आखिरमा सबैको तात्विक काम भनेको व्यापारिको हकहितमा गर्ने नै हो । उद्योग वाणिज्यसंघ, चेम्बर अफ कमर्श, बजार ईकाई, व्यास नगर उद्योग बाणिज्य संघ , सटरभाडा व्यवसायी संघ भनौ समग्रमा सबैले व्यवसायी हकहितको लागि गर्ने हो अन्तमा व्यवसायीको छाता संगठनहरु उद्योग बाणिज्य महासंघ , चेम्बर अफ् कमर्श लगायतका संस्थाको मातहत रहेर व्यवसायीहरुको हकहितको लागि लड्नुपर्छ भन्ने मलाई लाग्छ ।
प्रश्नः तपाई त सटरभाडा व्यवसायी संघ तनहूँको अध्यक्ष हुनुहुन्छ के छ समस्याहरु कस्ता छन् ?
उत्तरः तिन बर्ष र अहिलेको अवस्था अलि फरक रहेको पाईन्छ , पहिला बजारमुखी व्यवसाय हुन्थ्यो आजकल ग्रामिणमुखी छ , गाँउमा पनि गाडिहरु , यातायातको साधन र गाँउमा पनि पहुँच पुगेको हुनाले व्यापार पनि विकेन्द्रिकरण भएको छ र अर्को कुरा सटरमा व्यापार गर्नेको मात्र हैन कि भाँडामा व्यापार गर्नेहरुको पनि समस्या छ, त्यस्को लागि भाँडाको निर्धारण गरिदिनुपर्यो , धैरै व्यापार हुनेतिर बढि भाडा र कम चल्नेतिर कम भाडाको मापदण्ड बनाईदिनुपर्नेछ । यस्को लागि चाहि अलिकति थोरै घरभाडामा लगाउने घरवेटी बुद्धिजिवीहरुले विभिन्न संघसंस्थाहरुको सहयोगमा सोच्नुपर्ने हो । म अध्यक्ष रहेको संस्थाबाट घरवेटी र घरभाडा बस्ने बिचका हुने गरेका समस्याहरुलाई सामाधन गर्ने प्रयाश गरिरहेका छौ ।
प्रश्नः व्यवसायीहरुले कर तिर्ने सवालमा, राज्यलाई छलि गर्ने सवालमा व्यवसायीहरु निकै अगाडि रहेको र बेला बेला छापा मार्दा त्यो भेटिने गरेको पनि छ त्यसतर्फ व्यवसायीहरु राज्यमैत्री राज्यलाई सहयोग गर्ने हुनुपर्ने हैन र ?
उत्तरः त्यो त एकदमै हाम्रो तनहूँको तनहूँ उद्योग बाणिज्य संघले तयो त गरिरहेको छ र व्यवसायीहरु प नि वहाँहरुसगै अगाडि बढेको स्थिति छ साथै व्यवसायी साथीहरुले पनि खाता अपडेट, करको बारेमा अपडेट रहेर बस्नको लागि तालिम प्राप्त हुनु जरुरी छ । अहिले राज्यले के गरेको छ भने कम चल्ने होटल कम चल्ने व्यवसाय सबैलाई भ्याटमा लगेको छ हाम्रो माग के छ भने बार्षिक आय व्यय कस्तो हुन्छ त्यो हिसावले मापदण्ड बनाईदिए हुने भन्ने हो, साना तथा मझौला व्यवसायीलाई पनि भ्याटमा लगेर एक्कासी लगिदिदा गारो भईरहेको थियो तर भ्याटले गर्दा पहिला भन्दा अहिले कर छलिमा गारो हुन्छ व्यापारीलाई ।
प्रश्नः तपाई त सामाजिक कामहरु गरिरहेको, विभिन्न सामाजिक संघसंस्थाहरुमा बसेको व्यापारी दमौलीमा बसेर काम गर्न सक्ने वातावरण कस्तो छ ?
उत्तरः म यहि स्थानमा पढे लेखेको मान्छे भएर पनि होला दमौलीमा काम गर्नको लागि एकदम सहज छ । दमौलीमा व्यापार व्यवसाय मौलाउने वातावरण बनाउनको लागि व्यास नगरपालिकाले मादी नदिमा ताल बनाउने कन्सेप्ट ल्याएको छ त्यसलाई अगाडि बढाउनुपर्नेछ हामी सबै आग्रह गर्न चाहन्छौ । हामीसग कालिका मन्दिर छ त्यसलाई बृहत गुरुयोजना अन्र्तगत अगाडि बढाईयोस् , १०८ फुटको मुर्ति बन्दै गरेको छ त्यसलाई पनि विचार गर्नुपर्नेछ, अहिले मानुगं डाडा भाईरल भईरहेको छ, काँहु डाडा, तनहूँसुर, छाब्दि बराह, ढोरबराह यीनीहरुको विकासको लागि गुरुयोजना अन्र्तगत रहेर काम गरियो भने समग्र तनहूँ जिल्लाको बिकास हुन्छ र दमौलीको पनि बिकास हुन्छ । अहिले भएका स्थानिय निकायले सबै नेतृत्वसग मिलेर काम गर्यो भने हामी सबैको बिकास गर्न सकिन्छ ।
प्रश्नः राजनितिक दललाई सम्झाउदा सम्झाउदै पनि केहि भएन भनेर अहिले जनतामा व्यापक असन्तुष्टि देखिएको छ , हब त लोकतन्त्रको बिरुद्ध, राजतन्त्रको सर्मथनमा मान्छेहरु सडकमा आउनुभएको छ नि के छ यहाँको यस बिषयमा धारणा ?
उत्तरः नेपाल परिवर्तन गर्ने हो भने हो भने एउटा कुनै न कुनै मियो त चाहिन्छ नै अहिले हामीले गर्न नसक्या त्यहि भएर त हो । कार्यकारी राष्ट्रपति चुनेर हो कि प्रत्यक्ष निर्वाचित प्रधानमन्त्री चुनेर बनाउनुपर्छ । देश बनाउन यो सत्तापक्ष यो प्रतिपक्ष नभनिकन काम गरे देश बन्छ । आजकल कांग्रेस र कम्युनिष्टहरुले कुन मुखले भोट माग्ने भन्ने दिन आएको देशको लागि नसोचेर नै हो ।

(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्