नेपाली सेनामा भर्ना खुल्यो

  • ख-
  • ख+

काठमाण्डौ । नेपाल र नेपालीको शान नेपाली सेनाका विभिन्न ११ वटा पदहरुमा भर्ना खुलेको छ । नेपाली सेनाले सूचना मार्फत भर्ना आह्वान गरेको छ । पुष २१ मंगलबार एक सूचनामार्फत लेखा जमदार ५० जना, पुजारी हुद्धा ४ जना, अमल्दार कर्मचारी ५३ जना, बन्दोबस्ती कार्य सिपाही ९६ जना, सूचीकार १० जना, कूचीकार ५३ जना, चर्मकर्मी ११ जना, लोहकार ८ जना धोबी २ जना, केशकर्तक २ जना र सयस पदमा ५ जना नेपाली सेनामा भर्ना हुन चाहनेले फाराम भर्न आग्रह गरेको छ ।
सबै पदमा समावेशी प्रतिस्पर्धाबाट पदपूर्ति गरिने सेनाले जनाएको छ ।
नेपाली सेनामा रहेर देशको सेवा गर्न इच्छुक र योग्य व्यक्तिहरुले यहि पुस २१ गतेदेखि माघ २१ गतेभित्र आवेदन दिन सक्ने तथा ७ दिन पछि दोब्बर दस्तुर लाग्ने पनि सूचनामा जनाईएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्