माघ १ मा प्रर्दशन हुने ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक

  • ख-
  • ख+

एक्शन किगं शिव श्रेष्ठ प्रस्तुतकर्ता रहेको बिग बजेट चलचित्र ‘एउटा यस्तो प्रेम कहानी’ को शीर्ष गीत सार्वजनिक गरिएको छ । मंगलबार काठमाडौंमा आयोजित एक समारोहमा उक्त चलचित्रको गीत सार्वजनिक भएको हो । आगामी माघ १ गतेबाट सार्वजनिक प्रदर्शनमा आउने चलचित्रको शीर्ष गीतमा विश्व नेपाली र अस्मिता परियारको स्वर तथा सुष्मा रुपहाङ राईको शब्द रहेको छ । गीतमा कलाकार शिव श्रेष्ठ पुत्र शक्ति श्रेष्ठ, सुन्दरी नायिका करिश्मा मानन्धर पुत्री कविता मानन्धरको अभिनय देख्न पाईन्छ ।

गीत सार्वजनिकिकरण कार्यक्रममा फिल्मका प्रस्तुतकर्ता शिव श्रेष्ठले कोभिड –१९ को विषम परिस्थितिले गर्दा ठप्प रहेका फिल्म हल खोली नेपाली फिल्म क्षेत्रलाई टेवा पुर्याउने हल सञ्चालकको अभियानलाई होस्टेमा हैंसे गर्न आफ्नो चलचित्र माघ १ बाट लगाउन लागेको बताउनुभएको थियो ।

दीपेश सापकोटाले निर्देशन गरेको चलचित्र एउटा यस्तो प्रेम कहानी’मा शिव श्रेष्ठ, शक्ति श्रेष्ठ, प्रियंका कार्की, कविता मानन्धर, आयुष्मान देसराज श्रेष्ठ जोशी, वर्षा राउत, संजोग कोइराला, बसुन्धरा भुषाल, आंग तेंबे शेर्पा, मिथिला शर्मा, बिष्णु चेमजोङ, रेखा फागो, नरेन खड्का, सुनिल कटुवाल, ध्रुब कोइरालालगायतको अभिनय देख्न पाईन्छ ।

फिस्टेल मुभिजको ब्यानरमा बनेको चलचित्रको निर्माता यशोदा राई र दिनेश दर्शनधारी हुनुहुन्छ भने सह निर्माताको रुपमा खुम तामाङ, सुनिल कटवाल, राम नारायण शाह, दिनेश थापा मगर र तारा तुलाधर रहनुभएको छ ।
गीत सार्वजनिक गरिएको कार्यक्रममा गीतको प्रस्तुति देखेर सहभागी अतिथिहरुले चलचित्र उत्कृष्ट बनेको भनेर विश्वास गर्न सकिने बताउनुभएको थियो । (भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्