ट्रम्प समर्थकको अमेरिकी संसदमा प्रर्दशन: ४ जनाको गोली लागेर मृत्यु

  • ख-
  • ख+

काठमाण्डौ । आफुलाई प्रजातन्त्रको संरक्षक र विश्वलाई प्रजातन्त्रको पाठ पढाउने अमेरिकामा पनि कसैले नसोचेको द्धटना भईरहेका छन् । पछिल्लो समय बुधबार अमेरिकाको वासिङटन डीसीस्थित क्यापिटल हिलमा कंग्रेसको बैठक चलिरहेको राष्ट्रपति डोनाल्ड ट्रम्पका समर्थकहरु आन्दोलन गरेका छन् ।

सुरक्षाकर्मीहरुले रोक्दारोक्दै प्रदर्शनकारी बैठक हलमा प्रवेश गरेर उपद्रो मच्चाएपछि अवस्था तनावपूर्ण बनेपछि प्रहरीले गोली चलाउनु परेको छ । उक्त घटनामा हालसम्म ४ जनाको मृत्यु भएको जनाईएको छ । संसदमा हिंसात्मक प्रदर्शन भएसँगै बिहीबार बिहानसम्मका लागि कफ्र्यु घोष्णाका साथै राजधानी वासिङटन डीसीमा १५ दिनका लागि आपतकालको घोषणा गरिएको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भने निर्वाचनमा धाँधली भएको आरोप लगाउँदै आफ्नो हार नस्विकारेपछि ट्रम्पका समर्थकहरुले अन्तिम प्रयास स्वरुप क्यापिटोल हिलमा उक्त प्रदर्शन गरेका हुन् ।

हतियारसहित धेरै मानिसहरु हिंसामा उत्रिएका उनीहरुले तोडफोठका साथै इँटा, बोतल, बन्दुकको प्रयोग गरेकोले हिंसात्मक गतिविधि अझै जारी रहेको भन्दै उनले वासिङटन डीसीमा १५ दिन सार्वजनिक आपतकाल घोषणा गरिएको छ ।
नववियुक्त राष्ट्रपति जो बाइडनको शपथग्रहणको भोलिपल्टसम्म अर्थात जनवरी २१ सम्म रहने पनि जनाईको छ । उक्त कार्यमा संंलग्नको आशंकामा ५२ जनालाई गिरफ्तार गरि ४७ जनालाई कफ्र्यु उल्लंघन तथा गैरकानुनीरुपमा प्रवेश गर्न खोजेको आरोप लगाइएको छ ।

हालै सम्पन्न राष्ट्रपतीय निर्वाचन नयाँ राष्ट्रपति छान्ने यो अन्तिम औपचारिक नतिजा घोषणा गर्न बुधबार कंग्रेसको बैठक बोलाइएको समयमा उक्त हिसात्मक आन्दोलन भएको हो । संसदमा गरिएको उक्त पर्दशनलाई विश्वभरका नेताहरुले आलोचना गरेका छन् ।

महत्वपूर्ण राज्यमा आफ्नो जित भएको दाबी गर्दै ट्रम्पले अदालत गुहार्नैदेखि अनेकन प्रयास गर्दा पनि सफलता हात नलागेपछि यस्तो परिस्थिति श्रृजना भएको हो । अनेकन प्रयास गर्दा पनि आफु सफल नहुने देखेपछि राष्ट्रपति ट्रम्पले शान्तिपुर्ण रपमा सत्ता सुम्पने बताईसकेका छन् ।

( एजेन्सिको सहयोगमा तयार पारिएको )

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्