बेसहारा, अशक्त, असहाय, अनाथहरुको उद्धारको लागि मानव सेवा आश्रम पुनः तनहूँ आउदै

  • ख-
  • ख+

तनहूँ । सहयोगापेक्षी सडक मानवमुक्त राष्ट निर्माण एवं घोषणा बर्ष २०७८ सफल पारौं भन्ने मुल नाराका साथ अगाडि बढेको परोपकारी संस्था मानव सेवा आश्रमले पुस ७ गतेदेखि माघ ७ गतेसम्म पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म यात्रा गर्दै मानिसहरुको उद्धार गरिरहेको छ त्यसैक्रममा उक्त आश्रमको पोखरा शाखाले केहि दिन अगाडि तनहूँबाट ९ जना बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहिन सडक आश्रित व्यक्तिहरुलार्ई उक्त संस्थाको आश्रम पोखरा लगेको थियो र उक्त संस्था पुनः तनहूँमा बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहिन सडक आश्रित व्यक्तिहरुलाई लिनआउने भएको जानकारी प्राप्त भएको छ । उक्त कुराको जानकारी संस्थाकी अभिभावक सदस्य व्यास २ गणेशमान चोककी स्थायी वासिन्दा नोमा थापाले दिनुभएको हो । थापाले तनहूँका सडकमा अझै वेसहारा मानव भएको खबर पाएर डिसु नेपाल तनहूँसगको सहकार्यमा वहाँहरुलाई मानव सेवा आश्रम पोखरा लैजानको लागि यहि पुस २६ गते आईतवार एक टोली दमौली आउन लागेको बताउनुभयो छ साथै वहाँले तपाईको गाँउ, शहरमा कोहि बेसहारा, अशक्त, असहाय, अनाथ, अभिभावक विहिन सडक आश्रित व्यक्ति भए संस्थामा गर्नुहुन पनि आग्रह गर्नुभएको छ ।
उक्त कार्यको संयोजन डिसु नेपाल तनहूँका उपाध्यक्ष दिर्घबहादुर थापाले गरिरहनुभएको छ ।
हेटौडामा मुख्य कार्यालय रहेको परोपकारी संस्था मानव सेवा आश्रमले पोखरामा मात्र करिव १६० जना व्यक्तिहरुलाई आश्रय दिईरहेको छ ।

[sharethis-inline-buttons]

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्