अमेरिकाको संसद् भवनमा हिंसा: चीनले भन्यो, ‘लोकतन्त्रको फोका फुट्यो’अमेरिकाको कर्मको फल : चिनियाँ मिडिया

  • ख-
  • ख+

‘द होल वर्ल्ड इज वाचिङ’
‘पूरा विश्व हेरिरहेको छ’

सन् १९६८ मा जब प्रहरीले भियतनाम युद्ध प्रदर्शन गरिरहेकाहरुलाई पिटेका थिए तब प्रदर्शनकारीहरुले यो नारा बुलन्द गरेका थिए – द होल वर्ल्ड इज वाचिङ १

आज सन् २०२१ को सुरुवातमा लगभग ५३ वर्षपछि यही नारा जीवन्त बनेको छ, भलै परिदृश्य उल्टो भइरहेको छ । ट्रम्पका समर्थकहरुले वासिङ्टनस्थित क्यापिटल हिल यानी अमेरिकी संसद भवनभित्र पसेर उत्पात मच्चाएर लोकतान्त्रिक तरिकाबाट चुनिएको सरकारलाई चुनौति दिए । यो सबै कुरा पूरै विश्वले हेरिरहेका थिए ।

विश्वभर ‘लोकतन्त्रको ध्वजावाहक’ भएको दाबी गर्ने अमेरिकामा भइरहेको यस घटनाबाट पूरै विश्व आश्चर्यचकित थियो । अलग–लगत देशका प्रतिनिधि र आम जनताले अमेरिकाको स्थितिलाई लिएर चिन्ता जाहेर गरे । अमेरिकामा जे भइरहेको थियो, त्यसमा पूरै विश्वको मिडियाको नजर थियो । अखबरदेखि समाचार वेबसाइट र सामाजिक सञ्जालमा यस घटनालाई लिएर व्यापक प्रतिक्रिया हेर्न पाइयो ।

अमेरिकाको कर्मको फल स् चिनियाँ मिडिया

चीनको सरकारी अखबार ग्लोबल टाइम्सको वेबसाइटमा अमेरिकालाई लिएर एउटा लेख प्रकाशित गरिएको छ । ग्लोबाल टाइम्सले चिनियाँ जनताले समाजिक सञ्जालमा पोष्ट गरेको सामग्रीको हवाला दिँदै लेखेको छ – अमेरिकामा जे भयो, त्यो उसको कर्मको फल हो र लोकतन्त्रको फोका फुटेको छ ।

ग्लोबल टाइम्सले सामाजिक सञ्जालमा प्रयोगकर्ताको पोष्ट सेयर गर्दै भनेको थियो – जब हङकङमा विरोध प्रदर्शन भएको थियो, अमेरिकाले प्रदर्शनकारीको साहसको प्रशंसा गरेको थियो र प्रदर्शनलाई ‘सुन्दर दृश्य’ भनेको थियो । ग्लोबल टाइम्सको यो लेखले राष्ट्रपति ट्रम्पको शासनकालमा चीन र अमेरिकाबीचको तनावपूर्ण सम्बन्ध दर्शाउँछ ।

उता, वासिङ्टन पोष्टले आफ्नो पहिलो पन्नामा प्रकाशित मुख्य खबरमा शीर्षक दिएको छ – ट्रम्प मब स्ट्रम्स क्यापिटल । यानी ट्रम्पले उक्साएको भीड संसद भवनमा घुस्यो । पोष्टले भीडलाई विद्रोह र हिंसाका लागि भड्काइयो ।

त्यस्तै, न्यूयोर्क डेलीले आफ्नो फ्रन्ट पेजमा ठूल्ठूलो अक्षरमा शीर्षक लेखेको छ, ‘सीज’ ९कब्जा । अखबारले यसलाई यस्तो दिन बताएका छ, जुन जहिले पनि बदनाम हुनेछ ।

बेलायती अखबार द टेलीग्राफले यसलाई डेमोक्रेशी अन्डर सीज यानी लोकतन्त्रमाथि कब्जा भनेको छ भने डेली एक्सप्रेुले एनार्की इन द यूएसए अर्थात् अमेरिकामा अराजकता भनेको छ ।

श्रोतः बीबीसी

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्