चर्चित मोडल नाजिर हुसेनको अभिनय रहेको आर बि श्रृजनको गितको म्युजिक भिडियो सार्वजनिक

  • ख-
  • ख+

बहुप्रतिभाशाली एवं उदयीमान गायक आर. बि. श्रृजनको नयाँ गितको म्युजिक भिडियो सार्वजनिक भएको छ । चर्चित गायिका मेलिना राईसगको जुगलबन्दिमा श्रृजनले ‘दिलमा फोटो’ बोलको गितमा आफ्नो स्वर दिनुभएको छ । बसन्त सापकोटाको शब्द र संगीतमा तयार भएको गितमा आजकलका चर्चित मोडल नाजिर हुसेन र उषा उप्रेतिको अभिनय रहेको छ ।
श्रृजन र राईको स्वरमा कर्णप्रिय बनेको गितको म्युजिक भिडियो सुदिप बरालको निर्देशन, कविराज गहतराजको कोरियोग्राफि र राजन न्यौपानेको छायांकनमा सुन्दर बनेको छ । सुमधुर गित संगीत, कर्णप्रिय स्वर, गाँउले परिवेशमा बनाईएको भिडियो र चलनचल्तीका कलाकारहरुले अभिनय गरेको कारणले पनि उक्त म्युजिक भिडियोले युट्युवमा राम्रो भ्युज पाईरहेको छ ।
गायक आर बि श्रृजन ‘अघिल्लो गीत मुस्तागें नानी बोलको गीतको म्युजिक भिडियोबाट पनि राम्रै प्रतिक्रिया पाएको र यसपटक दिलमा फोटो बोलको गितमा झन् बढि नै भ्युज पाईरहेको हुनाले पनि सन्तुष्टी लागेको’ बताउनुहुन्छ साथै वहाँ ‘अग्रज कलाकारहरु, गित सुन्ने तथा म्युजिक भिडियो हेर्नेहरुले आफ्नो गायकीमा धेरै सुधार आईरहेको बताएकोले पनि आफु आशावादी भएको ‘ बताउनुहुन्छ ।
काठमाण्डौमा लामो समयसम्म गित संगीतको प्रशिक्षण लिनुभएका राजधानीबाट टाढा तनहूँ जिल्लामा बसेर पनि गीत संगीतको साधनामा मरिमेट्ने सुमधुर स्वरका धनि, कलाप्रेमी गायक आर. बि. श्रृजनको गीत हामी युट्युव च्यालनमा हेर्न सक्छौ ।
(भिडियो सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्