हराएको जहाजको ब्ल्याक बक्सहरू भएको ठाउँ पत्ता लाग्यो

  • ख-
  • ख+

इन्डोनेशियाका अधिकारीहरूले शनिवार जकार्ताबाट उडेको केही छिनमै समुद्रमा हराएको यात्रुवाहक विमानका ब्ल्याक बक्सहरू भएको स्थान पत्ता लागेको जानकारी दिएका छन्।

यसअघि जलसेनाले उक्त विमान दुर्घटनाग्रस्त भएको भन्ठानिएको क्षेत्र पत्ता लगाएको थियो।

श्रीविजया एयरजेटको उक्त बोइङ ७३७ विमानमा चालकदलका सदस्यसहित कुल ६२ जना सवार थिए।

उक्त विमान देशको पश्चिम कालिमान्तान प्रान्तस्थित पोन्टिआनक जानका लागि उडेको चार मिनेटमै रेडारको सम्पर्कबाट बेपत्ता भएको थियो।

विमान खोज्नका लागि जलसेनाका पौडीबाजसहित १० वटाभन्दा बढी पानीजहाज परिचालन भएका छन्।
विमानको भग्नावशेष ठानिएका सामग्रीहरूको अनुसन्धानकर्ताहरूले विश्लेषण गरिरहेका छन्।
शनिवार राति खोजी र उद्धारका प्रयासलाई रोकिएको भए पनि आइतवार बिहानैबाट निरन्तरता दिइएको छ।
हामीले दुई ठाउँमा सङ्केत प्राप्त गरेका छौँ। त्यो ब्ल्याक बक्स हुनसक्छ, इन्डोनेशियाको खोजी तथा उद्धार गर्ने निकायका प्रमुखले यसअघि भनेका थिए।

अनुसन्धानकर्ताहरूले एउटा पाङ्ग्रा र विमानको मध्य भागको टुक्रासहित उक्त विमानको भग्नावशेष भन्ठानिएका सामग्रीहरूको विश्लेषण गरिरहेका छन्।

जकार्ता प्रहरीका प्रवक्ता युस्री युनुसका अनुसार खोज तथा अनुसन्धान निकायबाट दुईवटा झोला प्रहरीले पाएको छ।

ूएउटा झोलामा यात्रुहरूका सामान र अर्कोमा शरीरका अङ्ग छन् उनले संवाददाताहरूलाई बताए।
विमानलाई के भएको थियो ।
श्रीविजया एअरको उक्त विमान जकार्ता विमानस्थलबाट शनिवार दिउँसो स्थानीय समयानुसार १४स्३६ बजे उडेको थियो।

यातायात मन्त्रालयका अनुसार त्यसको चार मिनेटपछि १४:४० मा अन्तिम सम्पर्क भएको थियो।
जकार्ताबाट पश्चिमी बोर्नियो टापुस्थित पोन्टिआनक पुग्न सामान्यतया विमानमा ९० मिनेट लाग्छ।
राष्ट्रिय खोजी तथा उद्धार निकाय एअर मार्शल बागुस पुरुहितोका प्रमुखका अनुसार विमानले कुनै आपत् परेको सङ्केत पठाएको थिएन।

उडानहरूको विवरण राख्ने वेबसाइट Flightradar24.com का अनुसार एक मिनेटभन्दा कम समयमा उक्त विमान आकाशबाट ३,००० मिटरभन्दा तल ओर्लिएको थियो।

प्रत्यक्षदर्शीहरूले उनीहरूले कम्तीमा एउटा विस्फोटन सुनेको र देखेको बताएका छन्।
(बिबिसि)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्