एन्फाका पूर्व महासचिवको निधन

  • ख-
  • ख+

नेपालले सन् १९८४ मा साग फुटबलमा स्वर्ण पदक प्राप्त गर्दा टिमका महत्वपूर्ण सदस्य रहेका नेपाली राष्ट्रिय फुटबल टिमका पूर्वगोलकिपर लोकबहादुर शाहीको आइतबार राति दैलेखमा निधन भएको छ।
शाहीको निधन भएको अखिल नेपाल फुटबल संघ ९एन्फा० का अध्यक्ष कर्माछिरिङ शेर्पाले परिवारलाई उद्धृत गर्दै जानकारी दिए।

केहि दिन अगाडि आफ्नो जन्मथलो दैलेख जानुभएका शाही पछिल्लो समय विभिन्न रोगहरुले ग्रसित भएपछि कार्यक्रमहरुमा कम देखिनुहुन्थ्यो ।

राष्ट्रिय टिमबाट संन्यासपछि शाहीले एन्फाको विभिन्न पदमा रहेर काम गर्नुभएका हाही सन् १९९५ देखि २००२ सम्म एन्फाको महासचिव पनि बननुभएको थियो ।

सन् १९८२ देखि १९८९ सम्म राष्ट्रिय टिमबाट खेल्नुभएका शाही नेपालका उत्कृष्ट गोलकिपर मध्येमा पर्नुहुन्छ भने वहाँ नेपाल आइस हकी संघका संस्थापक अध्यक्ष पनि हुनुहुन्छ ।
शाहीको आइतबार दैलेखमा दाहसंस्कार गरिने एन्फाले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्