समयमै काम सम्पन्न गर्न तनहूँ हाईड्रोमा मन्त्रीको निर्देशन

  • ख-
  • ख+

नवनियुक्त उर्जा, जलश्रोत तथा सिचाई मन्त्री टोपबहादुर रायमाझीले सोमवार तनहूँमा निर्माणधिन तनहूँ जलविद्युत आयोजनाको निरिक्षण गर्नुभएको छ । ५०५ मिलियन अमेरिकी डलर कुल लागत रहेको आयाृेजनाको विद्युत सुरुगं, प्रवेश गृह, बाँध स्थल जाने सुरुगं जाने स्थल निर्माण भईरहेको छ । आयोजना निरिक्षणका क्रममा मन्त्री रायमाझीले सरकारले जलविद्युत आयोजनालाई बडो तिब्रताका साथ निर्माण गर्न खोजेकोले राम्रोसग समयमै काम सम्पन्न गर्न आग्रह गर्नुभएको थियो ।
अवलोकनको अवसरमा आयोजना प्रमुख अच्युत घिमिरे र तनहूँ हाईड्रोपावरका प्रवन्ध निर्देशक प्रदिप थिकेले कार्य प्रगति विवरणको बारेमा जानकारी गराउनुभएको थियो ।
उक्त निरिक्षण कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला मन्त्री किरण गुरुगं, वनवर्तमान् प्रतिनिधि सभाका सदस्य कृष्णकुमार श्रेष्ठ किसान, राष्ट्रिय सभाकी सांसद भगवति न्यौपानेको पनि उपस्थिति रहेको थियो ।
तनहूँको रिसिगं गाँउपालिका वडा नं. १ झापुटारमा निर्माणाधिन उक्त जलबिद्युत आयोजनाले बर्षायाममा ३२३.६८ सुख्खायाममा १७९.९० विद्युत उत्पादन गर्ने छ । तिन चरणमा सम्पन्न हुने यो आयोजना निर्माण सम्पन्न पश्चात देशले विद्युतमा धेरै आत्मनिर्भर हुने मन्त्री रायमाझीले बिचार व्यक्त गर्नुभएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्