एसपीलाई एसएसपीमा बढुवा गर्न सिफारिस

  • ख-
  • ख+

रमेश पौडेल । काठमाडौं । बुधबार दिउँसो गृह मन्त्रालयमा बसेको बढुवा समितिको बैठकले नेपाल प्रहरीका ११ जना प्रहरी उपरीक्षक (एसपी) को प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्न सिफारिस गरेको छ ।

प्रहरी प्रधान कार्यालयबाट प्रकाहित सुचिअनुसार कृष्णकुमार महत, गोविन्दकुमार शाह, उमाशंकर पञ्जियार, अर्जुन चन्द ठकुरी, जनकराज पाण्डेय, सुरेन्द्रप्रसाद मैनाली, कृष्णहरि शर्मा पोखरेल, चक्रबहादुर सिंह, दिल्लीराज पन्त, मधुसुधन लुइँटेल र मोहनप्रसाद पोखरेल एसएसपीमा बढुवा गर्न सिफारिस गरिएका नामहरु हुन् ।
वहाँहरुमा शाह, पञ्जियार र पाण्डेय एआईजी विश्वराज पोखरेलका ब्याची हुनुहुन्छ भने अन्य अधिकृतहरु पनि यसअघिका बढुवामा छुटेका एसपीहरु हुनुहुन्छ ।

( सूची सहित)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्