तनहूँको विकट क्षेत्र खाल्टे कोटामा निः शुल्क स्वस्थ्य शिविर

  • ख-
  • ख+

तनहूँ । तनहूँ विकट क्षेत्र देवघाट गाँउपालिकाको वडा नं.२ खाल्टेकोटामा १ दिने निःशुल्क स्वास्थ्य शिविर संचालन गरिएको छ। देवघाट गाँउपालिका आयोजक रहेको उक्त स्वस्थ्य शिविरको गण्डकी प्रदेशका कानुनमन्त्री हरि बहादुर चुमानले एक कार्यक्रमका बिच उद्घाटन गर्नुभएको थियो । उक्त शिविरको उद्घाटन गर्दै मन्त्री चुमानले गाँउपालिकाको आयोजनामा विभिन्न संस्थाहरु सहआयोजकको रुपमा सम्मिलित भएर गरेको यस्ता कार्यक्रमहरुले समाजमा राम्रो योगदान गरेको र यस्ता शिविरबाट यहाँका सर्वसाधारणले फाईदा उठाउनुपर्ने बताउनुभयो ।


यम बहादुर खानको सभापतित्वमा भएको कार्यक्रममा देवघाट गाँउपालिकाका अध्यक्ष दुर्गाबहादुर थापा, नारायणी मोटरबोट ब्यबसायी समितिका अध्यक्ष लेखनाथ पौडेल, सिटिजन्स लाईफ ईन्सोरेन्स, नारायणगढ शाखाका प्रमुख गोकर्ण कार्की , रुपाली होमियो क्लिनिक तथा रोहित आयुर्वेद औषधालयका संचालक हिरामणी शर्मा लगायतका अतिथि महानुभावहरुको सहभागिता रहेको थियो ।
डक्टर यसवन्त रानाभाट सहितका चिकित्सकको टोलीले बिहानैदेखि शुरु गरेको स्वस्थ्य शिविरमा २ सय ६ जना मानिसहरुको सबै प्रकार स्वस्थ्य जाँच गर्नु साथै निः शुल्क औषधी वितरण गरिएको थियो । दक्षिण क्षेत्र दिगो विकास कृषि सहकारी संस्था रिसिगं १ झापुटार, तनहूँ सहआयोजक रहेको कार्यक्रममा लेखान्त मेडिसियन कन्सर्न नारायणगढ र अल्टिमेट वाटर एड्भान्चर प्रा. लि. चितवनले सहयोगी भुमिका निर्वाह गरेका थिए । उक्त निः शुल्क स्वास्थ्य शिविरमा स्वास्थ्य सेवा लिनुभएका रोगीहरुले विभिन्न सहयोगी संस्थाहरुको सहयोगले गाँउमै निः शुल्क स्वास्थ्य जाँच गरि निःशुल्क औषधी उपलब्ध पाउदा ज्यादै हर्ष लागेको भन्दै आयोजक सहआयोजकलाइ धन्यवाद व्यक्त गर्नुभएको थियो ।


विकटक्षेत्रका मानिसलाई लक्षित गरेर गरिने यस्ता निः शुल्क स्वस्थ्य शिविरले पछाडि परेको गाँउका मानिसहरुलाई सारै राम्रो सुविधा पुगेको उक्त कार्यक्रम संयोजक तथा नारायणी मोटरबोट ब्यबसायी समिति तथा अल्टिमेटम वाटर एडभेन्चर प्रा. लि. का अध्यक्ष लेखनाथ पौडेलले बताउनुभएको थियो साथै पौडेलले सहयोग खोज्नेहरुलाई आगामी दिनमा पनि संस्थागत रुपमा र व्यक्तिगतरुपमा पनि सहयोग गरिरहने हाम्रा सम्वाददातासगको कुराकानीको क्रममा बताउनुभएको थियो ।

उक्त शिविरमा आफ्नो स्वास्थ्य जाँच गर्न आउने बिरामीहरुलाई अझै अघिल्लो तहको जाँच गर्न पनि सहयोग रहने सहयोगी संस्थाहरुको भनाई रहेको थियो । उक्त स्वस्थ्य शिविरमा प्रमुख अतिथि एवं गण्डकी प्रदेशका कानुनमन्त्री हरि बहादुर चुमानले पनि स्वास्थ गर्नु भएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्