मुद्धै मुद्धाको भारी बोक्दै प्रधानमन्त्री केपी शर्मा ओली

  • ख-
  • ख+

काठमाडौं । वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले सर्वोच्च अदालत प्रशासनमा प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अदालतको अवहेलनाको दुईवटा मुद्दा दर्ता गर्नुभएको छ । आचार्य र न्यौपानेले छुट्टाछुट्टै अवहेलना मुद्दा दर्ता गराउनुभएको हो । आचार्यको ५२२१ नम्बरमा र न्यौपानेको ५२२६ नम्बरमा दर्ता भएको छ । आचार्य आइतबार र न्यौपाने सोमबार सर्वोच्च जाँदा सर्वोच्च प्रशासनले अध्ययन गर्ने उक्त मुद्धा दर्ता गरेको थिएन ।
प्रधानमन्त्री ओलीले माघ ९ गते काठमाडौंको कार्की ब्याङ्केटमा भएको कार्यक्रममा वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले संसद विघटनविरुद्ध सर्वोच्च अदालतमा बहस गरेको विषयमा निन्दायुक्त टिप्पणी गरेको वहाँहरुको जिकिर छ । उक्त कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘एकजना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन्’ भन्ने टिप्पणी गर्नुभएको थियो ।

वरिष्ठ अधिवक्ता आचार्यले प्रतिनिधिसभा विघटनको मुद्धामा सर्वोच्च अदालतमा भइरहेको बहसलाई ‘तमासा’ र बहस गर्ने कानुन व्यवसायीलाई ‘बाजे’ भन्ने निन्दायुक्त शब्द प्रयोग गरेर प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्