१ सय रोपनी खेतको लागि पक्की बाँध र कुलो निर्माण सम्पन्न

  • ख-
  • ख+

तनहूँ । गण्डकी प्रदेश, भुमि व्यवस्था तथा कृषि सहकारी मन्त्रालय, कृषि बिकास निर्देशनालय, कृषि ज्ञान केन्द्र , तनहूँको सहयोग अनुदानमा साना सिचाँइ कार्यक्रमम अन्र्तगत भानु नगरपालिका वडा नं. ८ खतिवडाटारमा सत्रबिसे फाँट खेतको बाँध र कुलो निर्माण सम्पन्न भएको छ ।

सत्रबिसे फाँट कुलो जल उपभोक्ता समितिले सक्रिय सहभागिता र स्थानियहरुको सहभागितामा २१ घरधुरी लाभांवित हुने १ सय रोपनी खेतको लागि ५ मिटर पक्की बाँध र खेतमा सिचाँईको लागि १३५ मिटर कुलो ५ लाख ११ हजार ४ सय ६३ रुपैया ४१ पैसा कुल लागत रकम खर्च गरि निर्माण सम्पन्न गरिएको छ । कुल लागतमा ४ लाख ४४ हजार ३ सय २१ रुपैया ५० पैसा अनुदान रकम र ४९ हजार ३ सय ६९ रुपैया ६ पैसा लागत सहभागितामा उक्त कार्यक्रम सम्पन्न गरिएको हो ।
पक्की बाँध र १३५ मिटर पक्की कुलो निर्माण भएपश्चात उक्त खेतबाट कृषकले गर्ने उव्जनीमा धेरै परिवर्तन हुने र प्रत्येक समयमा पानी उपलब्ध भएपछि त्यसक्षेत्रका मानिसहरुलाई पनि तरकारी तथा अन्य खेतिपाति गर्न सारै सजिलो हुने उक्त सिचाँई कार्यक्रमका अध्यक्ष बिनोद खतिवडाले बताउनुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्