पोखरामा सवारी दुर्घटनाः २ को मृत्यु, १ गम्भीर घाइते

  • ख-
  • ख+

पोखरा । पोखरामा छुट्टाछुट्टै २ स्थानमा भएको सवारी दुर्घटनामा २ जनाको मृत्यु भएको छ । पोखरा महानगरपालिकाको हेम्जा याम्दीमा र बुलौदीमा भएको छुट्टाछुटै दुर्घटनामा परी २ जनाको मृत्यु भएको हो ।
पोखरा २५ याम्दीमा भएको सवारी दुर्घटनामा गम्भिर घाइते भएका स्याङ्जा पुतलीबजार नगरपालिका वडा नं. ९ लामागे घर भई पोखरा महानगरपालिका वडा नं. ९ नागढुङ्गा निवासी ४० बर्षिय श्रीकृष्ण भण्डारीको मृत्यु भएको छ । भण्डारीको मणिपाल शिक्षण अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । बाग्लुङबाट पोखरा आउँदै गरेको ध १ ज ९८८ नम्बरको ट्याक्सीले हेम्जा याम्दीमा ग १७ प ९१६२ नम्बरको भण्डारी सवार स्कुटरलाई ठक्कर दिएको थियो

त्यसैगरि पोखराको लेकसाइडबाट जिरो किलोमिटरतर्फ आउँदै गरेको ग १३ प ३९२५ नम्बरको मोटरसाइकल बुलौदीमा दुर्घटना हुदाँ स्याङ्जा फेदिखोला गाउँपालिका वडा नं. १ मट्टिखानका १९ वर्षीय विवेक क्षेत्रीको मृत्यु भएको जिल्ल प्रहरी कार्यालय कास्कीका प्रहरी प्रवक्ता डिएसपी सुवास हमालले जानकारी दिनुभएको छ । ।

राति १ बजे भएको दुर्घटनामा मटिट्टाखानकै २५ वर्षीय दिवश गुरुङ घाइते भएका छन् । उनको टाउकोमा चोट लागेको र अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ ।

घटना बारे अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्