अनुमानको भरमा समाचार नलेख्न सांसद श्रेष्ठको अपिल

  • ख-
  • ख+

तनहूँ / तनहूँ जिल्ला क्षेत्र नं. १ का प्रतिनिधिसभाका सांसद कृष्णकुमार श्रेष्ठले आज २०७७ साल फागुन १८ गते कान्तिपुर दैनिकमा आफ्नो नाम जोडेर प्रकाशित समाचार प्रति आपत्ति जनाउनुभएको छ साथै वहाँले आफु सधै पार्टी एकता अभियानमा निरन्तर लागिरहने र सरकारको स्थायीत्वको अभियानमा पनि संधै लागिरहने प्रतिबद्धता व्यक्त गरेकोले आफुसग कुनै पनि प्रतिक्रिया नलिईकन अनुमानको भरमा प्रकाशितप्रति गम्भिर आपत्ति जनाएको बताउनुभएको छ । सांसद श्रेष्ठद्धारा प्रकाशित विज्ञप्ति :

प्रेस विज्ञप्ति
मंगलबारको कान्तीपुर दैनिकमा प्रकाशित तानातानमा सांसदु शिर्षकको समाचारमा मेरो नाम जोडेर उल्लेख गरिएको समाचार प्रति मेरो ध्यानाकर्षण भएको छ । प्रतिनिधिसभाको पुनःस्थापना पछि अवको विवाद स्वभाविक रुपमा नेकपाको संसदीय दलमा प्रवेश गरेको र बहुमत प्राप्त दल भित्रैबाट प्रधानमन्त्री चयन हुने सन्दर्भमा प्रतिनिधि सभाको सदस्यको हैसियतमा मलाई मात्रै हैन, सम्पूर्ण सांसदहरुलाई सम्मानीय प्रधानमन्त्री तथा श्रद्देय पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का श्रद्देय अध्यक्ष पुप्षकमल दाहाल प्रचण्डज्यु सहितका बरिष्ठ नेताहरूले फोन गर्नु र भेट्न खोज्नु सामान्य कुरा हो । समाचारमा उल्लेख गरिए अनुसारको यो समुह वा त्यो समुहले मन्त्री पदको आश्वासन दिएको भनेर आएको समाचारमा कुनै बिश्वसनियता छैन । म सँग कुनै पनि प्रतिक्रिया नलिईकन अनुमानको भरमा राखिएको विषयवस्तुप्रति मेरो गम्भीर असहमति रहेको जानकारी गराउँदछु । उक्त समाचारको कारणले कुनै भ्रममा नपर्न र म जहिले पनि पार्टी एकताको पक्षमा रहेको जानकारी गराउदै पार्टी एकता अभियानमा निरन्तर लागिरहने र सरकारको स्थायीत्वको अभियानमा पनि संधै लागिरहने प्रतिबद्धता जनाउदछु ।


कृष्णकुमार श्रेष्ठ किसान
प्रतिनिधि सभा सदस्य
तनहुँ क्षेत्र नम्बर १

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्