राप्रपा तनहूँको जिल्ला अधिवेशन चैत्र २७ हुने

  • ख-
  • ख+

तनहूँ । देशमा कम्युनिष्टहरुको लडाई चलिरहेको बेला राप्रपा आफ्नो अधिवेशनमा जुटेको । राप्रपा जिल्ला कार्य समिति तनहूँका अध्यक्ष बिनोद घर्तिको बसेको बैठकले आगामी चैत्र २७ गते जिल्ला अधिवेशन गर्ने निर्णय गरेको हो । उक्त बैठकले अधिवेशनको लागि जिल्ला निर्वाचन समिति गठन गरेको छ । उक्त समितिको संयोजकमा पूर्व जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, सचिव इन्द्रकुमारी रानाभाट र सदस्यमा बाबुराम न्यौपाने मनोनयन हुनुभएको छ । राप्रपा केन्द्रीय सचिवालयको निर्देशन अनुसार समिति गठन गरेको जिल्ला अध्यक्ष विनोद घर्तीको बताउनुभएको छ । साथै वहाँले देशमा कम्युनिष्टहरुले भाडभैलो गरिरहेको र कांग्रेसले पनि पटक पटक सत्तामा हुदा पनि खासै राम्रो काम नगरेको हुनाले पार्टीलाई मजबुत बनाउने गरि जिल्ला अधिवेशन गर्न लागिएको पनि बताउनुभएको छ । उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका सदस्य राजेन्द्र अधिकारी र केन्द्रीय गौमायां श्रेष्ठ,पुर्व जिल्ला अध्यक्ष कृष्णप्रसाद पौडेल, मनोनित जिल्ला निर्वाचन समितिका संयोजक पूर्व जिल्ला अध्यक्ष प्रेमबहादुर गुरुङ, सचिव इन्द्रकुमारी रानाभाट र सदस्यमा बाबुराम न्यौपाने लगायतका नेता तथा कार्यकर्ताहरुको उपस्थिति रहेको थियो ।

(तस्विरः विनोद घर्तिको फेसबुकबाट)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्