अन्शु खनाल

प्यारी छोरी
जन्मनु आफैमा जित्नु हो
यसमानेमा जिन्दगीको सुरुवात जित बाटै गरेकी हौ तिमीले पनि ।

प्यारी छोरी
तिमिलाई याद होला जब तिमी सानै थियौ
हामी तास खेली रहदा
खेल्न नजान्दा नजान्दै पनि तिमी जित्थेउ नि।
हो तिमीलाई मैले कहिले भनिन
तर म सधै जानि जानि हार्न रुचाउथे।
मानौ जसरी बादल जानी जानी बुदहरु खसाउछ
ताकी बुदहरु समुन्द्र बन्न सकुन।

छोरी
बिउ विस्तारै पालुवा
पालुवा बिस्तारै बोट भएर फुलेको देखे देखी हो
मलाई तिमी पुतलिमामा रुपान्तरण भएको
चरा झै पखेटाहरु फैलाएको देख्ने रहर बढेको
त्यसैले त मैले बारि बाझो राखिन ,बाग मुर्झाउन दिइन
र मैले पिजडा पनि बनाउन लगाइन ।

म चाहन्थे
तिमी ती नाइन्टीङ्गलको हातमा बलिरहने ल्याम्प बन
जस्ले अध्यारोमा बुलुप्त भएका अनुहारहरु देखाउन सक्नेछ।

म चाहन्थे
तिमी ती म्याड क्यिुरिका आँखाहरु बन जसले पहिलो पटक देख्ने छ जीवन सम्भावनाका रेडीयम् तरङ्गहरु

म चाहन्थे
तिमी ती पासाङ लामुका पाइतला बन जसले टेक्ने छ पहिलो पटक सगरको माथी र महसुस गर्ने छ जितको तातो उर्जा ।

म चाहन्थे
तिमी ती पारिजातका औंलाहरु बन जस्ले लेख्नेछन् सडकका पेटीमा लडेका शिरिषका फूलहरुको आत्मकथा।

म चाहन्थे
तिमी छोरी बन-आमा बन।

तर
छोरी
वास्तवमै छोरी हुन सबै भन्दा कठिन
आमा हुन सबै भन्दा कठिन हुनेरहेछ क्यार?

आकाश भन्दा विशाल छाति लिएर बाच्न
पृथ्वी भन्दा धेरै आयातन भएको मुटु लिएर बाच्न
जराको वरीपरीको माटो भएर बाच्न
आँगनमा चुपचाप स्वादको निम्ति घोट्टीने सीलौटा भएर बाच्न
आउने युगलाई हुर्काउने पाठेघर बनेर बाच्न
सबै भन्दा कठिन हुनेरहेछ क्यार?
हार्न सबै भन्दा सहज हुन्छ क्यारे

नत्र
किन झोसीनौ तिमीले तिम्रो यौवनमा स्खिलित मात्र हुने लिङ्गहरुमा अगुल्टो ?
किन च्यातिनौ सेतो रङमा सति गएका मानसिक्ताहरुको बस्त्र?
किन भत्काइनौ छाउघरका पत्थरहरु?
किन थुतिनौ बिचबजारमा अस्लिल रुपमा पट्कीने जिब्रोहरु?
किन गर्न सकीनौ नपुंसक जन्मन्छ भन्ने जान्दा जान्दै छोरोको चै भ्रुणहत्या?

बरु सहजै गर्यौ
तिमीले तिम्रो गर्भाशयमा उदाएकी एकटी जुनको हत्या र लुकाएयौ उसको डेथ सर्टिफिकेट र लुकायौ दराज मुनी।
आज म त्यही सर्टिफिकेट हेर्दैछु जस्मा देखिन्छ तिम्रो मृत अनुहार ।

अन्तिम पटक अध्यावधिक गरिएको 44 Viewed

प्रतिक्रिया दिनुहोस्