सत्यशक्ति दैव्यू भगवानको प्रतिमा प्रतिस्थापन दिवस सम्पन्न

  • ख-
  • ख+

तनहूँ । बन्दिपुर गाउपालिका वडा नं १ डुम्रेबजारको श्री सत्य शक्ति दैव्यू भगवानको मन्दिरमा श्री सत्यशक्ति दैव्यू भगवानको प्रतिमा प्रतिस्थापन उत्सव भव्य रुपमा सम्पन्न भएको छ । सत्यशक्ति दैव्यू भगवानको प्रतिमा प्रतिस्थापन गरिएको ७ औं बर्ष पुरा गरि ८ औं प्रवेश गरेको पावन अवसरमा उक्त कार्यक्रमको आयोजना भएको थियो । उक्त अवसरमा नेपालका विभिन्न स्थानहरुबाट भक्तजनहरुको आगमन भएको थियो । उक्त अवसरमा विभिन्न स्थानबाट आउनुभएका भक्तजनहरु भेला भई सत्यशक्ति, महाशक्ति, सर्वशक्ति दैव्यू भगवान् शक्ति भगवानको सम्झनामा लागि पुजापाठ, भजन किर्तन गर्नुभएको थियो । उक्त अवसरमा भक्तजनहरुले वस्त्रदेखि फलफुलसम्म, प्रसादीदेखि भक्तजन तथा आगन्तुकहरुलाई लागि भोजन उपलब्ध तथा व्यवस्थापन गर्नुभएको थियो ।
मन्दिरमा दैनिक पुजा हुने, कार्तिक पुर्णिमाका दिन श्री सत्य शक्ति दैव्यु भगवानको जन्मोत्सव मनाउने, प्रत्येक बर्ष चैत १ गते श्री सत्यशक्ति दैव्यू भगवानको प्रतिमा प्रतिस्थापन दिनलाई उत्सवको रुपमा मनाउने र त्यस्को लागि श्रद्धालु भक्तजनहरुले आर्थिक तथा भौतिक सहयोग गरिरहेको मन्दिरकी संरक्षक एवं गुरुआमा लक्ष्मी बाँनियाले बताउनुभयो ।
२०६४ सालमा डुम्रेबजारको माथिल्लो भागमा स्थापना भएको मन्दिरमा प्रत्येक दिन पुजा पाठ, आराधना हुने र मानिसहरुको श्रद्धा र विश्वासले गर्दा सबैको राम्रो भईरहेको आगामी दिनमा पनि राम्रो हुने प्रतिमा स्थापना दिवसमा उपस्थित भक्तजनहरुको भनाई रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्