सेतिमादी कन्सल्टेन्सीद्धारा होली महोत्सवलाई १४ हजार सहयोग

  • ख-
  • ख+

( सुमन तिमल्सेना र लक्ष्मण बिजुक्छे)

तनहूँ । तनहूँ दमौलीमा रहेको सेतिमादी कन्सल्टेन्सीले रोटरी क्लब अफ दमौली र रोट्रयाक्ट क्लब अफ दमौलीले आयोजना गरेको तेश्रो रोटरी रोट्रयाक्ट होली महोत्सव २०७७ को लागि १४ हजार रुपैया सहयोग गरेको छ । ” व्यास नगरपालिका वडा नं. २ सफा सडकमा कार्यालय रहेको उक्त ईन्जिनियरिगं कन्सल्टेन्सीले होली नेपाली संस्कार र संस्कृति जोगाउनका साथै युवाहरुलाई मनोरन्जन प्रदान गर्ने पर्व भएकोले पनि आफुहरुले उक्त महोत्सवलाईसहयोग गरेको ” उक्त कम्पनीका संचालकद्धय सुमन तिमल्सेना र लक्ष्मण बिजुक्छेले बताउनुभएको छ ।


२०७७ सालमा संचालकद्धय सुमन तिमल्सेना र लक्ष्मण बिजुक्छेद्धारा स्थापित उक्त कन्सल्टेन्सीले दक्ष ईन्जिनियरहरुबाट आर्कषक डिजाईनका घर, अफिसका नक्शाहरु बनाउने, स्टक्चर एनालाइसिस, स्टीमेट, गर्नुपरेमा, निर्माण मजदुर तथा निर्माण सामाग्री उपलब्ध गराउने लगायतका विधि कामहरु गरिररहेको छ , स्थापनाको छोटो समयमा नै दमौलीका ईजिनियरिगं कन्सल्टेन्सीहरु माझ अब्बल ठहरिएको सेतिमादी कन्सल्टेन्सीले होली महोत्सवमा सहयोग गर्नुलाई रोटरी रोट्याक्ट होली महोत्सव २०७७ का आयोजकहरुले निकै राम्रो कार्यको रुपमा प्रशंशा गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्