वीरगञ्ज उद्योग वाणिज्य सङ्घको अध्यक्षमा सुबोध गुप्ता निर्वाचित

  • ख-
  • ख+

वीरगञ्ज । आइतबार वीरगञ्जमा सम्पन्न वीरगञ्ज उद्योग वाणिज्य सङ्घको ४५ औं वार्षिक साधारणसभाले सुवोधकुमार गुप्तालाई अध्यक्षतामा निर्वाचित गरेको छ । वहाँ सर्वसम्मतका साथ अध्यक्षमा चयन हुनुभएको हो । नेपाल उद्योग वाणिज्य महासङ्घका कार्यकारीणी सदस्य साथै बैंक बित्तिय तथा बिमा समितिको उपसभापति, चामल दाल तेल उद्योग सङ्घका अध्यक्ष समेत रहनुभएका गुप्ताको मनोनयन विरुद्धमा कसैले पनि उम्मेदवारी गराएनन् ।

त्यसैगरि उक्त साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गरेको छ । निर्वाचनबाट कार्यसमितिको वरिष्ठ उपाध्यक्षमा अनिलकुमार अग्रवाल पटवारी, उपाध्यक्षमा हरिप्रसाद गौतम, महासचिवमा मनोजकुमार दास, उद्योगतर्फको सचिवमा अरविन्द्र अमात्य र वाणिज्यतर्फ आषिशकुमार लाठ, कोषाध्यक्षमा गोविन्द शाह, सह(कोषाध्यक्षमा प्रेमचन्द्र गोयल, उद्योगतर्फको सह सचिवमा शुशान्त चाचान र वाणिज्यतर्फ अनोजकुमार रुङ्गटा चयन हुनुभएको छ गुप्ता नेतृत्वको यस कार्यसमितीको कार्यकाल २ बर्षको रहने छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्