पोखरामा पुर्ण बहादुर अधिकारी सम्मानित

  • ख-
  • ख+

कास्की । कास्की जिल्लामा उत्कृष्ट ट्राफिक व्यवस्थापन गरेकोमा जिल्ला ट्राफिक कार्यालय कास्कीका निमित्त प्रमुख तथा सई पुर्ण बहादुर अधिकारी जिल्ला प्रहरी कार्यालय कास्कीबाट सम्मानित हुनुभएको छ । अधिकारीलाई जिल्ला प्रहरी कार्यालय कास्की प्रमुख एवं प्रहरी उपरिक्षक जीवनकुमार श्रेष्ठबाट सम्मान सहित नगद पुरस्कारबाट सहित सम्मान गर्नुभएको हो । सम्मान पश्चात प्रतिकृया दिदै अधिकारीले आफुले सर्वसाधारणको लागि खटेर सेवा गर्दा सम्मान पाएकोमा खुशी लागेको तर आफु सम्मानको लागि भन्दा पनि सर्वसाधारणको सहजताको लागि काम गर्ने ट्राफिक भएको बताउनुभएको थियो ।
लामो समय तनहूँमा रहेर उत्कृष्ट कार्य सम्पादन गर्नुभएका तनहूँका बासिन्दा अधिकारी केहि समयदेखि ट्राफिक कार्यालय कास्कीका निमित्त प्रमुखमा कार्यरत हुनुहुन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्