भानुमा शुरु भयो नगरस्तरिय Seven ‘A’ साईड खुल्ला फुटवल प्रतियोगिता

  • ख-
  • ख+

तनहूँ । भानु समृद्धिको आधार, कृषि, संस्कृति , पर्यटन र पुर्वाधार , स्वास्थका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुलनाराका साथ भानु नगरपालिकाको वडा नं. २ नारेश्वरटारमा प्रथम भानु नगरस्तरिय वडा कप सेभेन ए साईड खुल्ला फुटवल प्रतियोगिता शुरु भएको छ । बन्दिपुर गाउँपालिका वडा नं. १ डुम्रे बजारको लक्ष्मी अस्पतालका संचालक एवं समाजसेवी केशब अधिकारीको प्रमुख आतिथ्यतामा उक्त कार्यक्रम भएको थियो । पानसमा दिप प्रज्वलन गरि फुटबल प्रतियोगिताको उद्घाटन गर्दै अधिकारीले ‘आफु सधै युवाहरुको सदा तन मन र धनले साथ दिने ‘ बताउनुभएको थियो ।
कार्यक्रममा भानु नगरपालिका वडा नं. २ का अध्यक्ष अर्जुन बहादुर खड्का लगायतका महानुभावहरुको सहभागिता रहेको कार्यक्रममा आयोजक संस्था कालिका युवा क्लबका अध्यक्ष एवं कार्यक्रमका सभापति मनोज कुमार श्रेष्ठले ‘युवाहरुलाई खेलकुदमा लगाव बनाएर भाईचारा बढाउने मनसायले प्रतियोगिता आयोजना गरिएको ‘ बताउनु भएको थियो ।
२० भन्दा बढि टिम सहभागि हुने अपेक्षा गरिएको उक्त प्रतियोगिताको आजको उद्घाटन खेलमा आयोजक क्लब कालिका युवा क्लब ए ले गोर्खाली छाप युवा क्लब भानु ७ लाई १ का विरुद्ध २ गोलले पराजित गरेको थियो । आज भएको दोश्रो खेलमा मानेचौका युवा क्लब भानु ११ लाई भिमसेन युवा क्लब भानु १ ले ० का बिरुद्ध १ गोलले पराजित गरेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्