भारतमा कोराना संक्रमितको संख्या बढेसगै सरकारद्धारा सभा र जुलुस नगर्न आह्वान

  • ख-
  • ख+

आरजु पौडेल । काठमाडौं । भारत लगायत विभिन्न देशहरुमा कोरोना संक्रमितको संख्या बढ्न थालेपछि नेपाल सरकारले सभा, जुलुस र भेला नगर्न अनुरोध गरेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्धारा आइतबार सूचना जारी गर्दै भेला, जुलुस र सभा गर्नमा रोक लगाएको हो । मुख्यत छिमेकी मुलुक भारतमा कोरोना कोभिड १९ को संक्रमितको संख्या बढेसगै नेपालमा पनि संक्रमण फैलिन सक्ने भन्दै स्वास्थ्य मन्त्रालयले यस्तो निर्णय गरेको हो ।
मन्त्रालयले संक्रमणबाट जोगिन साबुन पानीले हात धुने र सेनिटाइजर लगायत जनस्वास्थ्यको मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गरेको छ । नेपालमा आइतबार मात्र ७७ जनामा संक्रमित फेला परेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्