क्यान्सर पीडित बिकाशद्धारा जीवन रक्षाको लागि अपिल

  • ख-
  • ख+

तनहूँ । व्यास नगरपालिका वडा नं. ४ दमौली बजार निवासी आन्द्राको क्यान्सरबाट पीडित बिकाश दरैले आफ्नो जीवन बचाइदिन आग्रह गर्नुभएको छ । विगत ३, ४ बर्ष देखी क्यान्सरसग लड्दै आएका २८ वर्षीया बिकाश गहभरि आँशु झार्दै रुदै आर्थिक अभाव भएकोले जीवन रक्षाको लागि सबै नेपाली दाजु भाइमा आग्रह गर्नुभएको छ ।
साधारण जिवन जिउन रुचाउने निकै मिलनसार र नरम स्वभावका थिए बिकाश दरै दमौलीको राम्रो फोटो ग्राफर तथा म्युजिसियनको रुपमा परिचित हुनुहुन्छ । केहि बर्ष अगाडि वहाँले प्रतिक गुरुङको ‘फुल्बुट्टे सारी’ को कभर गितमा संगीतिक र स्वर दिनुभएको थियो । रोगको कारण आज जीवन र मरणको साँधमा रहनुभएका बिकासले दमौलीवासी लगाएत सम्पुर्ण नेपालीसङ्ग गुहार माग्नुभएको छ ।
हाल वहाँको गान्धी क्यान्सर ईन्स्टिच्युट तथा रिसर्च सेन्टर ईन्डियामा उपचार भई रहेकोछ । उक्त अस्पतालमा दैनिक खर्च १० हजार भारु लाग्ने र किमो गर्दा एक पटकमा ३० हजार भारु लाग्ने परिवार स्रोतले बताएको छ।
अहिले सम्म धेरै खर्च लागेकोले परिवारलाइ आर्थिक पाटो धान्न गाह्रो भईरहेकोले स्वदेश तथा विदेशमा रहनुहुने महानुभावलाई आर्थिक सहयोगको लागी अपिल समेत गर्नुभएको छ ।

patient’s Account: Name: Bikash Darai

Acc No: 1222524465966018 Bank Name: माछापुछ्रे बैक, दमौली

Or

Name: Bikash Darai Acc num: 19915241406255 Bank Name: SBI Bank Esewa: 9846499773

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्