दमौलीमा खोनपानीको चुनावमा दुई वरिष्ठको झगडाः कम्युनिष्टहरु झर्ला र खाँउला भन्ने आश गर्दै

  • ख-
  • ख+

दमौली खानेपानी तथा सरसफाई संस्थाको १० औं साभारण सभा तथा चौथो अधिवेशनमा अध्यक्ष पदमा आखिर २ जनाको उमेदवारी परेको छ । शुरुवातको समयदेखि ५ जना आकांक्षी देखिएपनि विभिन्न चरणमा भएका वार्ताहरुमा विभिन्न पदहरुमा वार्गेनिगं गरेर ३ जनाले उमेदवारी नदिएपछि तनहूँको पुरानो व्यापारी घरानाका सदस्यहरु बृषराज श्रेष्ठ र बुद्धिमानश्रेष्ठ मैदानमा उत्रिनुभएको छ ।


आफुले पाटीबाट आजसम्म कुनै पद नपाएको र यसपटक पार्टीले खानेपानीको अध्यक्ष बन्न दिएर सेवा गर्ने मौका दिनुपर्ने बृषराजको भनाई र आफुले कोषाध्यक्षको रुपमा कार्यकाल सफलतापूर्वक संचालन गरेको र अध्यक्ष बन्न पाउनुपर्ने बुद्धिमानको माग हुदा हुदै पनि यतिबेला सम्म दुवै बिच सहमति बनाउन सनसकिएको वार्तामा संलग्न एक व्यक्तिको भनाई रहेको छ । दुवैजना नेपाली कांग्रेसमा आवद्ध भएपनि वहाँहरुलाई मिलाएर सर्वसम्मत गर्ने प्रयास तनहूँका नेताहरु सफल हुनुसक्नुभएन जस्को असर निकट भविष्यमा हुनलागेको तनहूँ उद्योग बाणिज्य संघको चुनावमा पर्न सक्ने दमौलीका व्यापारीहरुको आंकलन रहेको छ ।


नेपाल उद्योग बाणिज्य संघको सदस्यदेखि खानेपानी उत्पादकसम्मको अनुभव बटल्नुभएका बृषराज श्रेष्ठ र उक्त संस्थाको कोषाध्यक्षको कार्यकाल पुरा गर्नृुभएका बुद्धिमान बिचको प्रतिष्पर्धालाई दमौली वासीले निकै रोच ढंगले नियालिरहेका छन् र करिब ३ हजार ५ सय उपभोक्ता रहेको दमौली खानेपानी तथा सरसफाई संस्थाको चुनाव आउदा पिच्छे तनहूँका कम्युनिष्ट नेताहरु सामाजिक संजालमा अनेकन असन्तुष्टि पोख्ने गरेपनि यत्रो दमौली बजारमा १ जना अध्यक्षको उमेदवारी दिन सक्ने व्यक्ति पनि जन्मन नसक्नुलाई उपभोक्ताहरुले अर्थपूर्ण रुपमा हेरेका छन् ।


कतिपयले त आफु चुनावमा उमेदवारी दिन सक्ने उमेदवार जन्माउन नसक्ने तर बाहिर बाहिर सबैलाई समेटेर अगाडि बढौ है भन्दै झर्ला र खाँउला भनेर बसेका छन् भन्ने टिप्पणी गरेका छन् ।

चैत्र १३ र १४ गते रतनहूँको दमौलीमा दमौली खानेपानी तथा सरसफाई संस्थाको चौथो अधिवेशनन आयोजना हुदैछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्