महिला उद्यमी संघ नेपाल तनहूँको अध्यक्षमा मल्ल

  • ख-
  • ख+

तनहूँ । महिला उद्यमी संघ नेपाल तनहूँ बिधिवत रुपमा दर्ता भै आधिकारिक रुपमा संचालनमा आएको छ । तनहूँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठको अध्यक्षतामा बसेको बैठकले नयाँ कार्य समिती चयन गरेको छ । महिला उद्यमी महासंघ नेपालका केन्द्रिय कार्य समिती सदस्य लक्ष्मी खनाल, गण्डकी प्रदेश सदस्य काशी गुरुङ ,महासंघ सदस्य सोनी जोशिको विशेष उपस्थितिमा उक्त समिति गठन गरिएको हो । संघको अध्यक्षमा निर्मला मल्ल, प्रथम उपाध्यक्षमा तुलशी शाह, द्धित्तिय उपाध्यक्षमा बिस्णु डल्लाकोटी , महासचिवमा बसन्ता श्रेष्ठ, सचिवमा सकुन्तला आले, कोशाध्यक्षमा आशा बानियाँ, सदस्यहरुमा सरु श्रेष्ठ ,बेलु श्रेष्ठ ,सपना श्रेष्ठ ,शारदा पन्डित , सरस्वती न्योपाने ,देवि न्योपानै र अन्जु दाहाल रहेको कार्य समिती चयन गरिएको छ । जिल्लाका विभिन्न क्षेत्रमा छरिएका महिला उद्यमीहरुको योग्यता र क्षमता पहिल्याउदै महिलाहरुको सीप र ज्ञानको प्रयोग गरि उद्यम ब्यबसायको माध्यमबाट महिलाहरुको आयलाइ रास्ट्रीय अर्थतन्त्रको बिकाशमा सहयोग गर्ने उद्देश्यले संघ दर्ता गरिएको अध्यक्ष निर्मला मल्लले बताउनु भयो ।
हाल सम्म छट जिल्लामा संघ बिस्तार गरिएको र अब देशैभर संघ बिस्तार गर्दै जाने योजना रहेको केन्द्रिय अध्यक्ष रिता सिंहले जानकारी दिनुभयो । उक्त अवसरमा संघकी तृतीय उपाध्यक्ष दर्शना श्रेष्ठले नयाँ समितिलाई सफल कार्यकालको शुभकामना दिनुभएको थियो ।
समग्र महिला उद्यमीहरु व्यावसायिक क्षेत्रमा एकताबद्ध ढङ्गले अघि बड्ने उद्देश्यले संघ स्थापना गरिएको संघकी सचिव शकुन्तला आलेले जानकारी गराउनु भएको थियो ।

विभिन्न सामाजिक संघसंस्थाहरुमा आवद्ध रहेर सामाजिक कार्यहरुमा अग्रुर रहनुभएकी मल्लको अध्यक्षतामा महिला उद्यमी संघ तनहूँले राम्रा कामहरु गर्ने उक्त अवसरमा सहभागीहरुको आशा रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्