धान्नै नसक्ने गरी कोरोना संक्रमित बढ्ने संकेत सचेत रहन स्वस्थ्य मन्त्रालयको अपिल

  • ख-
  • ख+

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक ४ दिनमा कोरोना संक्रमण दोब्बर बनिरहेको बताएको छ। बुधबारको प्रेस ब्रिफिङमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले हरेक ४ दिनमा कोरोना संक्रमणदर दोब्बर बन्दै गएको बताउनुभएको थियो ।

‘संक्रमणको दर अत्यधिक बढेको छ, आजमात्रै २ हजार ३ सय ५१ जना नयाँ संक्रमितहरु थपिनु भएको छ । हरेक ४ दिनमा संक्रमण डबल भइरहेको छ’, प्रवक्ता गौतमले भन्नुभयो, ‘हाम्रा संरचनाहरुले धान्नै नसक्ने गरी बिरामीको संख्या बढ्ने संकेत प्राप्त भएको छ । अत्यन्त जरुरी नपरी घरबाहिर ननिस्कन, सभा, सम्मेलन, मिटिङ, जात्रा नगर्न र नागरिकको जीवन रक्षा गर्न सघाउन म विशेष अनुरोध गर्न चाहन्छु ।
यसले नेपालको स्वास्थ्य संरचनाले धान्नै नसक्ने संकेत देखिएको भन्दै प्रवक्ता गौतमले स्वास्थ्य मापदण्ड पालनामा ध्यान दिन आह्वान गर्नुभएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्