कोरोना भाइरसका कारण नेपालमा २४ घण्टाको अवधिमा २८ जनाको मृत्यु

  • ख-
  • ख+

काठमाण्डौ । कोरोना कोभिड १९ बाट गत २४ घण्टामा नेपालमा २८ जनाको मृत्यु भएको छ । यो संख्या नेपालमा हालसम्मकै दोस्रो उच्च मृत्यु संख्या भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ।

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको नियमित प्रेस ब्रिफिङका क्रममा मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले उक्त कुराको जानकारी गराउनुभएको हो । यसअघि गत कार्तिक १९ गते कोरोना कोभिड १९ का कारण ३० जनाको मृत्यु भएको थियो ।
२४ घण्टाभित्र १० हजार ७८ जनामा परीक्षण गर्दा३ हजार १ सय २२ जनामा सङ्क्रमण पुष्टि भएको मन्त्रालयले जनाएको छ।
आर्इतवारसम्म देशभरि सक्रिय सङ्क्रमितको सङ्ख्या १९ हजार ३ सय ८२ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्