पोखरामा कोरोनाबाट थप ८ जनाको मृत्युः गण्डकीमा मृतक संख्या २ सय ३१

  • ख-
  • ख+

पोखरा । कोरोना संक्रमणबाट पोखरामा थप ८ जनाको मृत्यु भएको छ । स्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जवानकारी अनुसार पोखराका विभिन्न अस्पतालमा उपचाररत ७ जना र होम आइसोलेसनमा रहेका १ जना गरी थप ८ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भएको छ ।

रुपन्देही जिल्ला बुटवल उपमहानगरपालिका वडा नं. ३ का ७५ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरामा आज बिहान साढे १० बजे मेडिप्लस अस्पतालमा उपचारको क्रममा निधन भएको छ । उहाँलाई बैशाख ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

पोखरा महानगरपालिका वडा नं. २६ की ५८ वर्षीय संक्रमित महिलाको हिजो मणिपाल शिक्षण अस्पताल पोखरामा उपचारको क्रममा बिहान साढे १० बजे निधन भएको हो । उहाँलाई बैशाख १५ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।
त्यसैगरी बैशाख १६ गते कोरोन पुष्टि भएका कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. १६ का ७७ वर्षीय कोरोना संक्रमित पुरुषको हिजो दिउसो सवा १ बजे होम आइसोलेशनमा निधन भएको हो ।

बैशाख १५ गते संक्रमण पुष्टि भएका दाङ जिल्ला राप्ती गाँउपालिका वडा नं. ५ का ४३ वर्षीय संक्रमित पुरुषको अस्ति राति सवा १ बजे गण्डकी मेडिकल कलेज पोखरामा उपचारको क्रममा निधन भएको छ ।

पर्वत जिल्ला कुश्मा नगरपालिका वडा नं. ५ की ७६ वर्षीय संक्रमित महिलाको हिजो साढे ३ बजे गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा निधन भएको हो ।

त्यसैगरी पोखरा महानगरपालिका वडा नं. १९ का ५४ वर्षीय पुरुषको पनि गण्डकी मेडिकल कलेज पोखरामा उपचारका क्रममा कोरोना संक्रमणका कारण निधन भएको छ । उहाँको हिजो बेलुका साढे ७ बजे निधन भएको थियो ।

पोखरा महानगरपालिका वडा नं. १६ की ७३ वर्षीय संक्रमित महिलाको हिजो सवा ४ बजे मेडिप्लस अस्पताल पोखरामा उपचारका क्रममा निधन भएको छ ।

पोखरा महानगरपालिका वडा नं. १० की कोरोना संक्रमित महिलाको हिजो बेलुका साढे ५ बजे मेडिप्लस अस्पताल पोखरामा उपचारको क्रममा निधन भएको छ ।
गण्डकी स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोद विन्दु शर्माका अनुसार थप ८ जना संक्रमितहरुको निधन पछि गण्डकी प्रदेशमा कोराना संक्रमणका कारण निधन हुनेहरुको संख्या २ सय ३१ पुगेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्