गोरखाको पालुङटार नगरपालिका एकहप्ता सील

  • ख-
  • ख+

गोरखाको पालुङटार नगरपालिका एकहप्ता सील गरिएको छ। देशभर नै कोबिड १९ को नयाँ भेरियन्टका संक्रमितहरु बढ्दै गहिरहेको र गोर्खा जिल्लाको छिमेकी जिल्ला तथा पालुङ्गटार र छिमेकी स्थानिय तहहरुमा समेत कोबिडको विरामी बढ्दै गहिरहेको र केही संख्यामा मृत्युसमेत भएको हुँदा स्थानीयहरु लाई सुरक्षा र सतर्कताका लागि मिति २०७८ वैशाख २० गतेदेखी वैशाख २६ गतेसम्मको लागि नगरपालिकामा कोबीड १९ को अत्यावश्यक सेवा बाहेक सम्पूर्ण सेवाहरु बन्द गरिएको छ।

पालुङ्गटार नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत तेज राज शर्मा र नगरप्रमुख दीपक बाबू कडेंलबाट हस्ताक्षरित एक बिज्ञप्ती मार्फत आईतबार आज उक्त सुचना जारी गरिएको हो।(छिम्केश्वरी एफ् एम् डुम्रे)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्