घरमा आगलागी हुँदा श्रीमान र श्रीमती दुबैको मृत्यु

  • ख-
  • ख+

रामेछाप– रामेछाप जिल्लाको उमाकुन्ड गाउँ पालिका वडा नं २ बाम्ति लहरे टोलको एक घरमा आइतबार मध्य रातमा आगलागी हुँदा एकै परिवारका दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा ७८ बर्षका धनबहादुर कार्की र उनकी श्रीमती ६८ बर्षकी सीता कार्की रहेका छन् ।

आइतबार राति स्थानीय मनोहर कार्कीको घरमा अचानक आगलागी हुँदा उनका बुबा र आमाको जलेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले बताउनु भयो ।

घर भित्र सुतिरहेका बेला मध्य रातमा घरमा लागेको आगोका कारण बृद्ध बुबा र आमाको मृत्यु भएको भएपनि मनोहर कार्की र उनकी श्रीमति कल्पना कार्की तथा ३ बर्षकी छोरी स्मारीकाको भने झ्यालबाट फालहालेर ज्यान बचेको प्रहरीले जानकारी दिएको छ ।

घट्नाको जानकारी पाए लगत्तै राति नै बाम्ति प्रहरी चौकिबाट प्रहरी टोली गएको भएपनि प्रहरी घटना स्थलमा पुग्नु अगाडि नै बृद्ध दम्पत्तिको मृत्यु भइसकेको प्रहरीले जनाएको छ ।

मृतकहरुको सव जलेकोघरबाट खनेर निकालिएको थियो ।

आगलागि नियन्त्रणका लागि स्थानीय र प्रहरीले प्रयास गरेको भएपनि संभव भएको थिएन ।

घटनाको सूचना पाए लगत्तै जिल्ला प्रहरी कार्यालय रामेछापबाट थप प्रहरी पठाइएको रामेछापका प्रहरी प्रमुख नवराज ढुंगानाले जानकारी दिनु भयो । आगलागीको कारण र क्षतिको पूर्ण विवरण आउँन बाँकि रहेको प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्