तनहूँमा पनि २२ गते राति १२ बजेबाट निषेधाज्ञा

  • ख-
  • ख+


तनहूँ । कोरोना भाईरस कोभिड १९ को जोखिम बढिरहेको भन्दै जिल्ला कोभिड संकट व्यवस्थापन केन्द्रको सिफारिसका आधारमा जिल्ला प्रशासन कार्यालय तनहूँले निषेधाज्ञा जारी गरेको छ ।

प्रमुख जिल्ला अधिकारी सागर आचार्यको अध्यक्षतामा बसेको केन्द्रको बैठकले बैशाष २२ मध्यरात १२ बजेबाट लागू हुने गरी वैशाख मसान्तसम्म अत्यावश्यक बाहेकका आवतजावतमा रोक लगाउने निर्णय गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिए ।

बैठक लगत्तै सोही सिफारिसका आधारमा प्रशासनले निषेधाज्ञा जारी गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगत बरालले जानकारी दिनुभएको छ । निषेधाज्ञाको समयमा पनि अत्यावश्यक वस्तुको खरिदका लागि विहान ५ देखि ९ र साँझ ५ देखि ७ बजेसम्म समय तय भएको पनि वहाँको भनाई छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्