गण्डकी प्रदेशमा थपिए ८२ कोरोना संक्रमित

  • ख-
  • ख+

पोखरा । बागलुङमा ३५ जनासहित गण्डकी प्रदेश प्रदेशमा पछिल्लो २४ घण्टामा थप ८२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

बागलुङमा ३५ जनासहित गण्डकीमा थपिए ८२ संक्रमितस्वास्थ्य निर्देशनालय गण्डकीले दिएको जानकारी अनुसार प्रदेशका ३ जिल्लामा नयाँ संक्रमित थपिएकाछन् ।

जसमध्ये नवलपरासी पूर्वमा ४५ जना, बागलुङमा ३५ जना र पर्वतमा २ जना रहेकाछन् ।

योसँगै प्रदेशभर कुल कोरोना संक्रमितको संख्या २२ हजार ३ सय ३८ पुगेको छ ।

त्यस्तै आज नै प्रदेशमा थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । मृत्यु हुनेका कास्की पोखराका २ जना र पर्वतका १ जना हुन् । योसँगै गण्डकी प्रदेशमा कोरोनाबाट हालसम्म २ सय ५१ जनाले ज्यान गुमाइसकेका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्