प्रधानमन्त्री ओलीलाई NO भोटः नेपाली कांग्रेस

  • ख-
  • ख+

काठमाडौं । नेपाली कांग्रेस संसदीय दलले नेकपा एमालेका प्रधानमन्त्री केपी शर्मा ओली विश्वासको मत दिने निर्णय गरेको छ ।

संसदीय दलको शनिबार बसेको बैठकले प्रधानमन्त्रीको राजीनामा माग गर्ने र आफ्नै नेतृत्वमा सरकार गठनको पहल गर्ने पार्टी केन्द्रीय कार्यसमितिको २१ चैत कै निर्णय अनुमोदन गरेको छ ।

बैठकले प्रधानमन्त्री विश्वासको मत लिन आउँदा विपक्षमा मतदान गर्ने र अरु दललाई पनि मत नदिन आग्रह गरेको प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिनुभयो ।
शनिबार नयाँ बानेश्वरस्थित संसदको ल्होत्से हलमा बसेको ससदीय दलको बैठकले अहिले प्रधानमन्त्री ओलिविरूद्ध अविश्वास प्रस्ताव ल्याइरहनुपर्ने अवस्था नरहेको पनि निष्कर्ष निकालेको हो।
साथै कांग्रेले प्रधानमन्त्री ओलिविरूद्ध वैशाख २७ मा मतदान गर्ने र आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्ने निर्णय पनि गरेको संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले बताउनुभयो ।

उहाँले ओली बहिर्गमनपछि आफ्नो नेतृत्वमा सरकार बनाउन पहल गर्नेगरि निर्णय भएको जानकारी दिनुभयो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्