कोरोना संक्रमणबाट नेकपा एमालेबाट निर्वाचत वडाध्यक्षको मृत्यु

  • ख-
  • ख+

धनगढी । बाजुरामा कोरोना संक्रमित वडाध्यक्षको मृत्यु भएको छ । जिल्लाको बडिमालिका नगरपालिका वडा नं. ९ का वडाध्यक्ष बिनोद कुमार बि.क.को कोरोना संक्रमणबाट शनिबार मृत्यु भएको हो ।

बडिमालिका नगरपालिकाका मेयर पदम बडुवालले विगत एक हप्तादेखि बिरामी रहेका उनलाई शनिबार कोरोना पुष्टि भएको बताउँदै थप उपचारका लागि डडेल्धुरा लैजाने क्रममा मृत्यु भएको जानकारी दिनुभयो।

उहाँको अछामको साफेबगर लैजाँदै गर्दा बाटोमै मृत्यु भएको पनि मेयर बडुवालले जानकारी दिनुभयो । नेकपा एमालेबाट वडाध्यक्षमा निर्वाचित भएका बि.क. पार्टीको जिल्ला कमिटी सदस्य पनि हुनुहुन्थ्यो । (अनलाईन खबर)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि sarbajoti.news@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्